Aamsanchar

लागूऔषध विरुद्ध विद्यार्थीलाई सचेतनामूलक प्रशिक्षण

Author Image
शुक्रवार, माघ ७, २०७३

[शान्तिराम बस्नेत]
शिवसताक्षी,


दूधे युथ क्लबको आयोजना तथा पुनर्जन्म समूह नेपाल बिर्तामोड झापाको सहयोगमा बिहिबार राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालयमा लागू औषध विरुद्ध सचेतना अभियान अन्तर्गत विद्यार्थीलाई सचेतनामूलक प्रशिक्षण दिइएको छ ।
विद्यार्थीहरुलाई लागू औषध र त्यसले मानव स्वास्थ्यमा पार्ने प्रभाव, पारिवारिक संकट, सामाजिक असर, आर्थिक क्षति तथा कानुनी प्रावधानहरुका विषयमा सचेत गराइएको हो । लागूऔषधले १३ वर्षदेखि २३ वर्षका सम्मका युवायुवतीहरु सबैभन्दा बढी फस्ने गरेको हुँदा विद्यालयहरुमा सो कार्यक्रम संचालन गरिएको दूधे युथ क्लबका अध्यक्ष सन्तोष थोप्राले बताए । उनले भने ः यस प्रकारको जनचेतनामूलक कार्यक्रम अब शिवसताक्षी क्षेत्रका सामुदायिक तथा नीजि विद्यालयका विद्यार्थीहरुमात्र नभइ अभिभावकहरुमा पनि दिन जरुरी रहेकोले पुनः चरणवद्ध तरीकामा सञ्चालन गरिनेछ ।
सहजीकरणमा लागूऔषधको प्रयोग र निकासीलाई निरुत्साही गर्न विद्यार्थीहरु नै क्रियाशिल हुनु पर्ने बताइएको थियो । प्रहरीको एक तथ्याङ्क अनुसार शिवसताक्षी क्षेत्रमै अन्दाजी २ सयको हाराहारीमा लागुपदार्थ दुव्र्यसनी रहेका छन् भने ती बाट ८० प्रतिशत सामाजिक अपराधहरु दुर्व्यसनीहरुबाट नै हुने गरेको पाइन्छ ।
त्यसका अलावा बढ्दो सहरीकरण संगै शिवसताक्षी क्षेत्रमा लागुपदार्थ दुव्र्यसनीहरुको संख्या बढ्दै गइरहेकोले विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई तालिम मार्फत समाजमा भएका लागुदुव्र्यसनी विरुद्ध जनचेतना जगाउन समेत तालिम प्रभावकारी हुने बताइएको छ ।
राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालयका कक्षा ९ र १० करीब २ सय विद्यार्थीहरु सहभागी भएको कार्यक्रमको सहजीकरण पुर्नजन्म नेपालका राजु गिरीले गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 124

प्रतिक्रिया (०)

सम्बन्धित खबर