Aamsanchar

पश्चिमा संकृति र आधुनिक शिक्षाले गुरुकुल शिक्षा बिस्तापित हुदै

Author Image
शुक्रवार, माघ ७, २०७३

(दिपेन लावती)
झापा ।


नेपालमा कुनैबेला गुरुकुल शिक्षा महत्वको साथ पढाई हुन्थ्यो । मुलुकभर धेरै गुरुकुल आश्रमहरु थिए । बिद्यार्थीको आकर्षण पनि राम्रो थियो । तर पश्चिमा संकृति र आधुनिक शिक्षाले बिस्तारै गुरुकुल शिक्षालाई बिस्तापित गर्दै लगेको छ । कतिपय गुरुकुल बिद्यार्थीको अभाब, भौतिक पुर्वाधारको कमी र सरकारको लगानी नहुदाँ बन्द नै भईसकेको अथार्त छ । देशका कतिपय गुरुकुल आश्रम बन्द छन् ।

त्यस्तै, झापाको धाईजन–६ मा अवस्थित माधब संस्कृत बिद्याश्रम एवं माधबेश्वर शिब पाञ्चायन मन्दिरमा संचालित गुरुकुल बिद्यालय अहिले न अघि बढ्नु, न पछि हट्नु भएको छ । पाँचथरमा २००० साल देखि आचार्य स्वर्गीय माधब भण्डारीले संचालन गरेको गुरुकुल शिक्षा २०३८ सालदेखि झापाको धाईजन–६ सहरेडाँगीबाट संचालनमा आयो ।

तर आचर्य माधब भण्डारीको निधन संगै केहि बर्ष गुरुकुल बन्द भयो । वुवाको सपना पुरा गर्न छोरा डिल्लीप्रसाद भण्डारी र स्वर्गीय बासुदेब भण्डारीले पुनः गुरुकुल संचालनमा ल्याए । २०५४ सालमा जिल्ला प्रसासन कार्यालय झापामा ‘माधब सस्कृत बिद्याश्रम’ नाममा दर्ता गरी अहिले संचालनमा छ ।

बिद्याश्रमका अध्यक्ष डिल्लाीप्रसाद भण्डारी भन्छन्– हामीले दुखले चलाएका छौ । प्रत्येक घरबाट उठाएको मुष्ठिदानले बिद्यार्थी पढिरहेका छन् । धार्मिक ब्यक्तित्वहरुको सहयोगले अहिले सम्म जेनतेन थेगेको छ । २०७२ साल बैसाख १२ गतेको भूकम्पले भवन भत्काए पछि त झन् ठुलो समस्या थपियो । सस्कृत बिषय पढ्ने बिद्यार्थीहरुलाई खान,बस्नको समस्या भईरहेका बेला भुकम्पले भवन चर्काउँदा थप समस्या आईलाग्यो । बिद्याश्रम समितिले जसोतसो ती अप्ठयारोलाई कटाए । अहिले पनि एउटा कोठा भित्र बिद्यार्थीलाई खान, बस्न र पढाउनु पर्ने बाध्यता छ ।

बिभिन्न दाताहरुको सहयोगमा ३ तलाको भवन निर्माणको क्रममा छ । करिब ६० लाखको लागतमा भवन सम्पन्न गर्न कहाँबाट बजेट ल्याउने समिति दोधारमा परेको छ । भवन बनाउन शुरु गरियो तर भवन बनिसक्न ठुलो रकम आवश्यक छ । भवन निर्माण समितिका अध्यक्ष तिलकप्रसाद गिरी भन्छन् । जिल्ला शिक्षा कार्यालयले बार्षिक १ लाख दिन्छ । त्यो पैसा आन्तरिक ब्यवस्थापन गर्न पनि पुग्दैन् । सरकारको संस्कृत बिद्याप्रति ध्यान केन्द्रित नगर्ने हो भने गुरुकुल बचाउन गाह््रो छ ।

पाँच कट्ठा जग्गा रहेको गुरुकुल आश्रममा झापा, मोरङ, इलाम, ताप्लेजुङ, पाँचथर र भारतका गरी ४५ जना बटुकहरु पढिरहेका छन् । यहाँ रहेका बटुक र आगन्तुक सन्तमहन्तहरुलाई विभिन्न आश्रममा रहेका शिक्षक तथा बटुकहरुले यज्ञ हवन र कर्मकाण्ड गर्न निमन्त्रण गरिएका स्थानमा चढाइएको भेटी र दान गरिएको अन्नबाट खानपानको व्यवस्था मिलाउने गरिएको शिक्षक पुण्यप्रसाद रिजालले बताए । उनले भने– पुरानो संस्कृती संरक्षण गर्दै आधुनिक शिक्षाको विकासका लागि सबैले आ–आफ्नो ठाँउबाट पहल गरे गुरुकुल सञ्चालनमा समस्या नआउने उनको भनाइ छ ।

जिल्लाका धेरैजसो गुरुकुल बिद्यालयको अवस्था नाजुक नै छ । बिगत ५ बर्ष देखि सस्कृत शिक्षा पढ्दै गरेका बिद्यार्थी हरिकृष्ण भण्डारीले भने– साथीहरुले पनि सस्कृत शिक्षालाई नकारात्मक दृष्टिकोणले हेर्छन, आश्रममा पनि दुखसुखले पढिरहनु परेको उनको गुनासो छ । सरकारले सस्कृत शिक्षामा लगानी गर्न सके सस्कृत भाषाको संरक्षण र बिकास टेवा पुग्ने थियो । जिल्ला शिक्षा कार्यालय झापामा २६ वटा गुरुकुल दर्ता भएको छ । त्यसमा १८ वटा अभावका बावजुत संचालनमा छन् भने– आठ वटा गुरुकुल आर्थिक अभाब, बिद्यार्थी संख्या कम लगायतका कारण बन्द छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 117

प्रतिक्रिया (०)