Aamsanchar

‘’बबिता श्रेष्ठ पुरी को निर्देशनमा ‘’अधुरै भो सपना’’ र ‘’सिन्दुर पोते पराइको’’

Author Image
शुक्रवार, माघ ७, २०७३

भरत शिवाकोटी

[युएई]

 नेपाली सांगीतिक क्षेत्रमा एकपछि अर्को सफलता हात पार्दै अघि बढिरहेकि अनि म्युजिक भिडियो निर्देशन गर्दै पछिल्लो समयमा निक्कै चर्चित बन्न पुगेकी निर्देशक बबिता श्रेष्ठ पुरी को निर्देशनमा तयार भएका दुइवटा म्युजिक भिडियो गत सोमबार १६ जनवरिमा युटयुव मार्फत सार्वजनिक भएको छ ।

एकपछि अर्को गर्दै म्युजिक भिडियो निर्देशन गर्न व्यस्त बबिता ले आफुले निर्देशन गरेको म्युजिक भिडियो ‘’हुन्न रहेछ नसीबैमा नलेखेको कुरा’’ र ‘’सिन्दुर पोते पराई को लायौ मायाले’’ लोकगीत युटयूव मार्फत सार्वजनिक भएको हो ।

‘’हुन्न रहेछ नसीबैमा नलेखेको कुरा’’ मा चिरपरिचित गायिका विष्णु माझी तथा दिलु खत्री को स्वर रहेको छ भने शब्द सुनिल के. सी. संगीत गणेश अधिकारी र आकर्षक अभिनय आशा, दिलु, मुस्कान, आदि कलाकारले गरेका छन । मुकेश हुमागाईको छायांकन रहेको उक्त म्युजिक भिडियोको सम्पादन रमित ओलीले गरेका छन ।

त्यस्तै अर्को पन्चे बाजा सहितको सुमधुर म्युजिक भिडियो ‘’सिन्दुर पोते पराई को लायौ मायाले’’ लोकगीतमा देवी घर्ती र सुर्य खडकाले स्वर दिएका छन । बिपेश घिमिरे को शब्द रहेको उक्त म्युजिक भिडियोमा संगीत गणेश अधिकारीको रहेको छ । आशा खडका, बिपेश घिमिरे आदि कलाकारले अभिनय गरेको म्युजिक भिडियो को छायांकन र सम्पादन क्रमशः मुकेश हुमागाई र रमित ओलीले गरेका छन । दुवै म्युजिक भिडियोको उत्पादक तथा वितरक प्रियसी म्युजिक प्रा. लि. रहेको छ ।

आफुलाई सफल म्युजिक भिडियो निर्देशकका रुपमा स्थापित गर्न संघर्सरत बबिताले दुवै म्युजिक भिडियोहरुमा निक्कै मेहनतका साथ काम गरेको हुनाले सम्पूर्ण दर्शकहरुले मन पराउनु हुनेछ भन्नेमा आफु विश्वस्त रहेको बताएकी छन ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 225

प्रतिक्रिया (०)

सम्बन्धित खबर