Aamsanchar

अष्ट्रेलियाः नेपाली विद्यार्थीको लागि सन् २०१७ झन राम्रो गन्तब्य

Author Image
शुक्रवार, माघ ७, २०७३

खेम संग्रौला,निर्देशक

 एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज

 

एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज नेपाली विद्यार्थीहरुका लागि एक परिचित नाम नै हो । सन् २००३ मा स्थापना भएको एक्सपर्टले बिशेष गरी नेपालवाट अष्ट्रेलिया अध्ययन गर्न जान चाहने विद्यार्थीहरुलाई फोकस गरी परामर्श प्रदान गरीरहेको छ ।

khem1एक्सपर्टले के–कसरी आम विद्यार्थीलाई उचित परामर्श प्रदान गरीरहेको छ । के–कति शाखा कार्यालयहरु मार्फत सेवा दिईरहेको छ । एक्सपर्टको आगामी कार्यक्रमहरु के–के रहेका छन्  लगायत एक्सपर्ट र अष्ट्रेलिया अध्ययनसँग सम्वन्धित रही  एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेजका निर्देशक खेम संग्रौलासँग गरिएको कुराकानी प्रस्तुत छ ।

खेम सर, यहाँलाई स्वागत  ?

धन्यवाद ।

expectएक्सपर्ट एजुकेशन एन्ड भिजा सर्भिसेस  कस्तो संस्था हो  यस्कोबारेमा जानकारी गराइदिनुहोस ?

यो एउटा परामर्शदातृ संस्था हो । यस्ले अष्ट्रेलिया अध्ययन गर्न चाहने विद्यार्थीहरुलाई मार्गदर्शन प्रदान गर्दछ । कुन बिषयबस्तु पढ्दा,कुन बिश्वबिद्यालय जादा सही भबिस्य निर्माण गर्न सक्छ भनि हाम्रो परामर्शले सही मार्गदर्शन दिने उधेश्यले सन्,२००३ मा अष्ट्रेलियाको सिड्नी बाट सुरु भएको संस्था हो ।

संस्थाले देश भरी छरिएर रहेका विद्यार्थीहरुलाई कसरी सेवा प्रदान गर्दै आइरहेको ?

exportहामी अष्ट्रेलियाको पनि प्रमुख ५ शहरहरु सिड्नि,मेल्बर्न्,एडिलेड्,ब्यारन बे,गोल्ड कोस्ट र सन्,२००६ बाट काठमाडौं,हाल चितवन ,बुटवल ,पोखरा र बिर्तामोड मा शाखाहरु बिस्तार गरी सेवा प्रदान गरिरहेका छौ । निकट भबिस्यमा हामी इटहरी र धनगढीमा पनि शाखा बिस्तार गरी देश भरी छरिएर रहेका विद्यार्थीहरुलाई सेवा प्रदान गर्ने तयारीमा छौ ।

विद्यार्थीहरुको रोजाइमा अष्ट्रेलिया नै किन पर्ने गरेको ?

अष्ट्रेलिया नै जानु पर्छ भन्ने त होइन्,विद्यार्थीहरुको फरक बिषयबस्तु र सपनाहरु हुन्छन । म यही देश गएर यही पढ्छु,यही बन्छु भनेर । हाम्रो देशको अवस्थामा राजनैतिक एबम्,अन्य  शैक्षिक कारणले गर्दा तथ्यपरक शिक्षा मात्र हुनुले विद्यार्थीहरु ब्यबहार मा उतार्न अमेरिका,बेलायत ,अष्ट्रेलिया,जर्मनि,क्यानडा,न्युजिल्यान्ड जस्ता मुलुक अध्यानार्थ गए तर तुलनात्मक रुपमा अष्ट्रेलियालाई प्राथामिकता राखे,केहि कारण हरु छन ।१।भाष समस्या भएन ।डेन्मार्क ,जर्मनी जस्तो छुटै भाष जान्नु परेन । अङ्रेजी भाष राम्रो भएपछी पुगिहाल्छ । सुरक्षाको हिसाबले अष्ट्रेलिया अत्यन्त सुरक्षित मुलुक हो र पढाई सकिएपछी २ बष रोजगारी प्राप्त गर्ने अधिकार पाउनु अर्को आकर्शणको कारण हो ।

भिसा प्राप्त गर्न बेलाबेलामा नियम परिवर्तन गर्दा विद्यार्थीहरुको चुनौती केके हुन्छन ?

अष्ट्रेलियाले नियमहरु परिवर्तन  गरिरहेको हुन्छ । ५ लाख अन्तररास्ट्रय विद्यार्थीहरु अध्ययन गरिरहेको मुलुकमा बिश्वबाट आउने विद्यार्थीहरुलाई बेला,बेलामा गरिने नियम परिवर्तनले केहि सहज बनाएको महशुस गरेको छु । अन्तिम समय २०१६ जुलाई १ बाट नियम परिवर्तनगरी अनलाईन सेवा सुरु गरे पछी  विद्यार्थीहरुले आफ्नो हरेक प्रकृय अनलाईनमा हेर्न सकिने भएकोले नियम परिवर्तनले चुनौती थप्ने भन्दा पनि सहज बनाएको छ ।

khemएक्सपर्ट एजुकेशन एन्ड भिजा सर्भिसेसले विद्यार्थी अभिभावकहरु लाई कसरी सत्य,तथ्य  सुचना प्रदान गरिरहेको ?

हामी गलत सुचना प्रदान गर्दैनौ । विद्यार्थीहरु अध्ययन गर्न जादा अध्ययन समय,काम गर्न पाउने समय, विद्यार्थीसँग आश्रीत भएर गएकाले काम गर्न पाउने समयको बारेमा स्पस्ट जानकारी प्रदान गर्दछौ र हामी अष्ट्रेलियामा नियम बिपरित नगइ विद्यार्थीहरुलाई सचेत गराउने कुरामा पनि हामी सदैब तत्पर छौ,रहन्छौ ।

नेपाली विद्यार्थीलाई अष्ट्रेलियान शिक्षा प्रणालीमा कस्ता बिषय छनोट गर्न उत्प्रेरणा दिन चाहनुहुन्छ ?

विद्यार्थीहरुको रुची सबैभन्दा ठुलो कुरा हो । के पढ्ने र के बन्ने भन्ने विद्यार्थीहरुको अभिरुची मा निर्भर रहन्छ । म एक परामर्शदाताको हैसियतले ब्यबस्थापन अध्ययन गरेर आएका  विद्यार्थीहरुलाई नर्सिङ पढ्दा  राम्रो भनेर भन्नु मेरो धर्म होइन । बिज्ञान बाट आएको भय नर्सिङ भन्न सकिन्छ । बिशेषगरी अष्ट्रेलियामा Nursing,IT,Accounting and Hospitality  बिषयहरु प्रसिद्द छन ।

khe22विद्यार्थीहरु अष्ट्रेलियामा पुगिसकेपछी एक्सपर्ट  एजुकेशनएन्ड भिजा सर्भिसेसले  कसरी सेवा प्रदान गर्दछ ?

सबैभन्दा पहिले त हामी विद्यार्थीहरुलाई एअरपोर्टमा लिन जान्छौ,हाम्रो कार्यालयमा Orientation  कार्यक्रम गर्छौ । अष्ट्रेलियामा बस ,रेल टिकट देखी सडक पेटीमा हिड्ने  बारेमा सम्म जानकारी गराउछौ । त्यहाँको नियम परिधिका बारेमा र काम लगाउन समेत सहयोग गर्दछौ ,अष्ट्रेलियामा आबद्द नहुने बेलासम्म एक्पर्ट एजुकेशन एन्ड भिजा सर्भिसेसले  सहयोग र सहकार्यात्मक काम गरिरहन्छ ।

khem2
एक्सपर्ट एजुकेशन
एन्ड भिजा सर्भिसेसको बर्श २०१६ कस्तो रह्यो र २०१७ का योजना हरु केके छ्न ?

२०१६ मा हाम्रा विद्यार्थीहरु केहि समस्यामा परेको पाहिएन । विद्यार्थी र अभिभावकहरु सन्तुस्ट रहेको पाहियो जस्ले गर्दा हाम्रो स्तर उन्नती पनि भएको छ । तहगत हिसाबमा हामी नम्बर ३ बाट २ मा उक्लिएका छौ । मलाई लाग्छ २०१७ मा पनि नेपाली विद्यार्थीहरुको राम्रो गन्तब्यको रुपमा अष्ट्रेलिया रहने छ । २०१६ भन्दा १७ राम्रो हुनेछ ।अनलाइनसमयडटकम

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 259

प्रतिक्रिया (०)

सम्बन्धित खबर