Aamsanchar

अग्निपीडितलाई बेलायतबाट सहयोग

Author Image
शनिवार, माघ ८, २०७३

तेह्रथुम ।

तेह्रथुमको आठराइ सङ्क्रान्ति बजारमा गत पुस १ गते भएको भीषण आगलागीका पीडित परिवारलाई शुक्रबार इङनाम इवाहाङ बन्धु समिति तथा चेलीबेटी समाज बेलायतबाट सहयोग रकम उपलब्ध भएको छ ।

समाजका अध्यक्ष शेरबहादुर इङनामले ‘सङ्क्रान्ति बजार पुनःनिर्माण तथा पुनःस्थापना कोष’मा रु दुई लाख ७४ हजार ५६७ उपलब्ध गराइएको जानकारी दिनुभयो ।

बेलायत निवासी प्रवासी इङनाम इवाहाङ बन्धुबाट राहतस्वरुप सहयोग रकम सङ्कलन गरेर प्रदान गरिएको अध्यक्ष इङनामले बताउनुभयो । अग्निपीडितका लागि कोषमा रकम जम्मा हुने क्रम चलिरहेको छ ।

गत पुस १ गते भएको आगलागीमा सङ्क्रान्ति बजारका २९ घर र तीनवटा टहरा जलेका थिए । आगलागीबाट ७३ परिवार विस्थापित भएका थिए भने रु १४ करोड आठ लाख बराबरको क्षति भएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 110

प्रतिक्रिया (०)

सम्बन्धित खबर