Aamsanchar

यम बुद्धको मृत्युबारे उठेका यी मूल सात प्रश्न

Author Image
शनिवार, माघ ८, २०७३

काठमाडौं,

चर्चित नेपाली र्‍यापर यम बुद्धको लन्डनमा रहस्यमय निधन भएपछि विभिन्न प्रश्न सतहमा आएका छन्। उनका कतिपय प्रशंसकले घटनाबारे अझै शूक्ष्म अनुसन्धान हुनुपर्ने माग गरिरहेका छन्। हेरौं, अहिलेसम्मका समाचार विवरणका आधारमा यम बुद्ध निधनबारे उब्जेका मूल सात प्रश्न–


१. त्यो तीन घण्टा कहाँ थिइन् श्रीमती अस्मिता? के निदाइन् मात्र?

लन्डन साउथ ह्यारो नजिक फिल्ड इन्ड रोड नजिकै ससुराली घरमा बस्दै आएका यम बुद्ध अर्थात् अनिल अधिकारीको मृत्युको चार दिनपछि उनकी श्रीमती अस्मिता सेढाईंले आफ्नो फेसबुकमा लेखिन्–
‘मलाई यो दुःखको घडीमा साथ दिने साथीभाइ, घरपरिवारलाई विशेष धन्यवाद, अनिलले मलाई कहिल्लै असहज हुन दिएन, सधैं साथ दिइरहन्थे, अब त्यो जिम्मेवारी मिडियाको तर्फबाट चाहान्छु।’

कहिल्यै पनि अनिलले असहज महसुस नगराएकी उनकी मायालु श्रीमती अस्मिताले मिडियासँग सहयोगको अपेक्षा राख्नु स्वभाविक होला। तर, आफूसँगै सुतेको त्यो मायालु श्रीमान् राति ३ बजे बाथरुम छिरेको ३ घण्टासम्म पनि नर्फकँदा उनले सोधखोज गरिन् कि गरिनन् भन्ने जवाफ कहिँकतै भेटिएको छैन। उनले बाथरुमको ढोका खोल्न प्रयास गरे\नगरेको या प्रहरीलाई खबर गरे\नगरेको भन्ने पनि कतै जवाफ भेटिएको छैन।

बिहान उज्यालो भएपछि सोही घर बस्ने रोशन भट्टराईले बाथरुम खोल्दा पेटीले झुन्डिएका यम बुद्धलाई देखेको भनिएको छ। आफ्नो श्रीमान् ३ बजे बाथरुम गएको थाहा पाउने तर बिहान अरुले नै बाथरुपमा शव देख्नु पर्ने? एउटै बेडमा रहेकी श्रीमतीको ३ घण्टाको स्थितिबारे कहिँकतै केही खुलेको छैन।

२‍. पासपोर्ट किन र कसको च्यातिएको हो?
लन्डनबाट आइरहेका सबै समाचारहरुमा यम बुद्ध बस्ने गरेको रुममा एउटा पासपोर्ट च्यात्तिएको भन्ने खबर छ। लन्डन प्रहरीले नै उनको घरमा च्यातिएको पासपोर्टको टुक्रा फेला परेको बताएको भनिएको छ। यदि त्यो हो भने, बेलायतकै पासपोर्ट भएकी श्रीमती अस्मिताको पासपोर्ट च्यात्तिको हो कि, नेपाली पासपोर्ट भएका र त्यसमा पारिवारिक प्रवेशाज्ञा (स्पाउज भिजा) भएका श्रीमान् अनिल अधिकारी (यम बुद्ध) को पासपोर्ट च्यातिएको हो? केही खुलेको छैन।

गायक यम बुद्ध झुन्डिएको अवस्थामा भेटिएको भनिएको र त्यहाँ पासपोर्ट च्यातिएको सन्दर्भले त्यसअघिको अवस्था या मनोदशा वा कुनै परिस्थितिको सम्भावनालाई संकेत गर्छ कि गर्दैन? साँच्चै, पासपोर्ट किन र कसले च्यात्यो?

३. बंगरा कसरी भाँचियो?
यम बुद्धको पोस्टमार्टम गर्दा उनले कुनै पनि खाले लागूऔषध नखाएको, बरु वाइन सेवन गरेको भनिएको छ। नर्थविक पार्क अस्पतालले दिएको पोस्टमार्टम रिर्पोटमा यम बुद्धको बंगरा भाँचिएको कुरा लन्डनबाट आएका समाचारहरुमा खुलाइएको छ। तर बंगरा किन र कसरी भाँचिएको हो भन्ने कुरा खुल्दैन। आत्महत्या गर्दा बंगरा भाँचिन्छ कि भाँचिदैन? प्रश्न स्वभाविक रुपमा उठेको छ।

४. ‘बेलायतका बाथरुममा झुन्डिन सम्भव छ?’
यम बुद्ध घरको बाथरुममा झुन्डिएको अवस्थामा फेला परेको भनिएको छ। तर, बेलायतमै उनका प्रशंसकहरुले यसमा शंका व्यक्त गर्छन्। लन्डनको दक्षिण भागमा बस्ने प्रविन एक्स नामक एक प्रशंसकले आफ्नो फेसबुक स्टाटसमा ‘लन्डनका बाथरुमहरु आत्महत्या गर्ने प्रकारका नभएको’ जिकिर गरेका छन्। उनले प्रश्न उठाएका छन्, ‘कस्तो बाथरुम हो त्यो, जहाँ पेटीले झुन्डिन मिल्छ? म विश्वस्त छैन। मैले देखेका बाथरुमहरुका संरचना आत्महत्या गर्ने खालका छन् जस्तो लाग्दैन।’ यसबारे लन्डन प्रहरीले केही खुलाएको छैन।

५. अर्को साँचोबाट कसरी खुल्यो बाथरुमको ढोका?
बाथरुममा यम बुद्धको शव पहिलो पटक देखेका भनिएका जो त्यही घरमा बस्छन्, रोशन भट्टराईले मिडियासँग भनेका छन्, ‘बिहान ६ बजे बाथरुम जान खोज्दा बाथरुम भित्रबाट साँचो लगाएको थियो र मैले किचनमा गएर अर्को साँचो ल्याएर बाथरुमको ढोका खोलेँ।’
यहाँनिर प्रश्न उठ्छ, भित्रबाट साँचो ढोकामा नै राखी बन्द गरिएको अवस्थामा बाहिरबाट अर्को साँचोले ढोका खोल्न कसरी मिल्छ? यदि त्यस्तो अवस्था नै थियो भने ढोका फोर्नुपर्ने हुन सक्छ। ढोका नफोरी कसरी खुल्यो बाथरुम?

६. राति सुतेर बाथरुम जाँदा शरीरमा ज्याकेट कसरी?
रोशन भट्टराईले मिडियाहरुसँग यम बुद्ध झुन्डिएको अवस्थामा देखेपछि उनका सासु–ससुरा लगायत घरमा बस्ने सबैलाई खबर गरेको र आफूले प्रहरीलाई बोलाएको दाबी गरेका छन्। त्यसैगरी, यम बुद्ध बाथरुममा बिहान भेटिँदा कालो ज्याकेट लगाएको अवस्थामा भेटिएको उनको दाबी छ। तर, श्रीमातीसँगै सुतेका भनिएका यम बुद्ध राति ३ बजे बाथरुम जान त ज्याकेट नलगाउनु पर्ने हो। तर, उनले किन ज्याकेट लगाए त? के राति उनी बाहिर पुगे?

७. फिङ्गर प्रिन्ट लियो कि लिएन प्रहरीले? रिपोर्ट किन बाहिर आएन?

अनुसन्धानका लागि संसारमै ‘सार्प’ कहलिएको बेलायती प्रहरीले किन बंगारा भाँचिएको र पासपोर्ट च्यातिएको जानकारी दिने तर शवको फिङ्गर प्रिन्टबारे बोलेको छैन? यम बुद्धको शब भेटिएपछि प्रहरी घटनास्थलमा आएको तर उसले फिङ्गर प्रिन्ट लगेको वा नलगेको भन्ने कुनै जानकारी छैन।

लन्डनको नेपाली समुदायमा पनि घटनाबारे अनेकन शंका र उपशंका व्याप्त हुन थालेको छ। यतिसम्म कि, लन्डन प्रहरीले यम बुद्धजस्ता चर्चित नेपाली कलाकारको मृत्युको अनुसन्धानमा हेलचेक्र्याइँ गरेको हो कि भन्ने गाइँगुइँ चलिरहेको छ।नेपालखबर समाज

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 247

प्रतिक्रिया (०)