Aamsanchar

फेसबुकमा ‘एसेप्ट’गर्न भुपु पाण्डेको दवाब– भिडियो

Author Image
शनिवार, माघ ८, २०७३

झापा,

पछिल्लो समय युवा पुस्ताहरुको मन जित्न सफल गायक भुपु पाण्डेले अर्को नयाँ गीतको म्युजिक भिडियो लिएर बजारमा आएका छन । केही समय अगाडी एल्वम ‘मायावी’मा समावेश गीत ‘चम्पा’ र ‘सुरुमै काम सोधे’ जस्ता लोकप्रिय गीतहरुको म्युजिक भिडियो सार्वजनिक गरेका गायक पाण्डेले अर्को गीत ‘एसेप्ट गर’ वोलको गीतको भिडियो लिएर बजारमा आएका हुन ।

गीतमा गायक पाण्डेलाई गायिका संगीता थापाले साथ दिएकी छिन । ‘एसेप्ट गर’लाई गीतकार एकेन्द्र खड्काले लेखेका हुन भने संगीत गायक पाण्डेले नै गरेका हुन । पाण्डे आफुले गाउने प्राय सबै गीतहरुमा संगीत आफै भर्छन । समयलाई बुझेका गायक पाण्डेले आधुनिक,पप मात्र होइन धेरै भजनहरु पनि गाएका छन । उनको आवाजमा रहेको भजन ‘डमडम डमरु बज्यो’ निकै चर्चित छ ।
नयाँ म्युजिक भिडियो ‘एसेप्ट गर’मा हिजो आज बजारमा चलचित्र ‘लुट २’को गीत ‘ठमेल बजार’बाट तहल्का मच्चाइरहेकी मोडल एलिसा राईको दमदार अभिनय रहेको छ । भिडियोलाई D-inxectz Crew ले निर्देशन तथा निर्माण गरेको हो । युवा पुस्तामा लतका रुपमा रहेको ‘फेस बुक’मा जे पायो त्यही ट्याग गर्ने परिपाटीलाई मध्यनजर गर्दै गीतको भावलाई समेटेर  रमाइलो पारामा भिडियो निमार्ण गरीएको छ ।

युवाहरुलाई लक्षित गरेर बजारमा ल्याइएको यो गीतको म्युजिक भिडियोले धेरैको मन जित्न सकिन्छ कि भन्ने आशा लिएको गायक पाण्डेले बताए । ‘एसेप्ट गर’लाई ज्ञानेन्द्र शर्माले छायाङ्कन तथा प्रविन श्रेष्ठले सम्पादन गरेका हुन ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 235

प्रतिक्रिया (०)

सम्बन्धित खबर