Aamsanchar

क्याम्पसलाई १० लाख बराबरको जग्गा दान

Author Image
आइतवार, माघ ९, २०७३

इलाम ।

इलाम एकतप्पा–३ का एक समाजसेवीले आफ्ना स्वर्गीय मातापिताको स्मृतिमा क्याम्पसका लागि १९ रोपनीभन्दा बढी जग्गा दान दिनुभएको छ ।

एकतप्पा–३ का पुष्पनारायण श्रेष्ठले आफ्ना स्वर्गीय बुबा चन्द्रबहादुर र आमा लीलामायाको स्मृतिमा एकतप्पा बहुमुखी क्याम्पसका लागि रु १० लाख मूल्य पर्ने जग्गा दान दिनुभएको हो ।  जग्गाबाट प्राप्त आम्दानीले बहुमुखी क्याम्पस सञ्चालनका लागि ठूलो टेवा पुग्ने क्याम्पस प्रमुख तीर्थराज मिश्रले बताउनुभयो ।

सुखानीमा सहिद स्तम्भको शिलान्यास

इलामको दानाबारी–३ सुखानीमा सहिद स्तम्भ निर्माण हुने भएको छ ।  झापा आन्दोलनका क्रममा २०२९ फागुन २९ गते मारिएका नेत्र घिमिरे, कृष्ण कुइँकेल, वीरेन राजवंशी, रामनाथ दाहाल र नारायण श्रेष्ठलाई एकवर्षअघि सरकारले सहिद घोषणा गरेको थियो । सोही स्थानमा स्तम्भ निर्माण हुने भएको हो ।

सुखानी सहिद स्मृति प्रतिष्ठानमार्फत निर्माण हुन लागेको ४० फिट अग्लो सहिद स्तम्भमा सहिद गेट, गार्ड रूपलगायतका संरचना निर्माण हुने प्रतिष्ठानका सदस्य ध्रुव श्रेष्ठले जानकारी दिनुभयो ।

सहिद स्तम्भ निर्माणका लागि झापा जिविसमार्फत रु ५९ लाख ९१ हजार प्राप्त भइसकेको र पर्यटन कार्यालय काँकडभिट्टाबाट रु १३ लाख बजेट छुट्टिएको बताइएको छ ।

स्तम्भ निर्माणका लागि स्थानीयवासीले लागतको २० प्रतिशत श्रम गर्नुपर्ने जनाइएको छ । स्तम्भको नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार शिलान्यास गर्नुभएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 172

प्रतिक्रिया (०)

सम्बन्धित खबर