Aamsanchar

सोलुखुम्बु सडक यातायातको भाडा घट्यो

Author Image
आइतवार, माघ ९, २०७३

सोलुखुम्बु।

सोलुखुम्बुबाट राजधानी तथा अन्य विभिन्न स्थानमा आवतजावत गर्ने सवारी साधनको भाडा घटेको छ ।

प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेको अध्यक्षतामा शुक्रबार सम्पन्न बैठकले सोलुखुम्बुबाट काठमाडौँ तथा अन्य ठाउँमा जाने भाडा समायोजन गरेको हो ।

परिमार्जित भाडादरअनुसार सल्लेरी–काठमाडौँको साविकको भाडादरमा रु २०० घटाएर रु एक हजार ४०० कायम गरिएको छ । त्यस्तै सल्लेरी–कटारीको भाडादरमा पनि २०० घटाएर एक हजार कायम गरिएको छ । त्यस्तै सल्लेरी–ओखलढुङ्गामा रु ४००, सल्लेरी–देउसामा रु ५५०, सल्लेरी–पञ्चनमा रु ५६० कायम गरिएको छ । बैठकले जिल्लाभित्रका अन्य विभिन्न रुटको पनि भाडा समायोजन गरेको छ ।

जिल्लाबाट अन्य जिल्ला तथा जिल्लाभित्र सञ्चालित यातायातका साधनले जथाभावी भाडा असुल्ने गरेको गुनासोपछि जिल्लामा भाडादर समायोजन गरिएको हो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 118

प्रतिक्रिया (०)

सम्बन्धित खबर