Aamsanchar

विद्यालयलाई सहयोग हस्तान्तरण

Author Image
आइतवार, माघ ९, २०७३

दमक ।

झापाको दमक–१० स्थित न्यू होराइजन होस्टेलले जिल्लाका चारवटा विद्यालयका विपन्न विद्यार्थीलाई रु ५० हजार सहयोग प्रदान गरेको छ ।

होराइजनले आफ्नो १५औँ वार्षिकोत्सवका अवसरमा गरिब, असहाय र जेहेन्दार विद्यार्थीको अध्ययनका लागि उक्त सहयोग गरेको हो ।

होस्टेलको अगुवाइमा हालै अति विपन्न, बिरामी र असहाय विद्यार्थीको घर र विद्यालयमा पुगी स्थलगत अध्ययन गरेर छनोट गरिएका विद्यार्थीको शैक्षिक निरन्तरताका लागि सो सहयोग हस्तान्तरण गरिएको होस्टलका संस्थापक तथा निर्देशक अजितलाल दासले बताउनुभयो ।

यसरी सहयोग प्राप्त गर्ने विद्यार्थीमा शिवसताक्षी भानु मावि कक्षा ११ मा अध्ययनरत गङ्गा घिमिरे, आदर्श मावि कोरोबारीमा कक्षा ८ मा अध्ययनरत लखिमुनी किस्कु, दमक–१३ स्थित पशुपति संस्कृत माविमा कक्षा ६ मा अध्ययनरत विर्सिखा केरुङ (लिम्बू) र दमक–१० स्थित मेची बोर्डिङ स्कुलमा अध्ययनरत रीमा राई रहनुभएको छ ।

उच्च मावि तहमा अध्ययनरत भएकाले घिमिरेलाई भने रु १४ हजार र अन्य तीनजनालाई रु १२ हजारका दरले सहयोग प्रदान गरिएको हो ।
आगलागीबाट घर नष्ट

झापाको दमक–१५ स्थित सुकुम्बासी टोलमा गएराति आगलागी हुँदा एउटा घर जलेर नष्ट भएको छ । सुमित्रा कार्कीको घरमा आगलागी हुँदा रु पाँच लाख मूल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।  कार्कीको घरसहित घरमा रहेका लत्ता कपडा तथा अन्नपात जलेको थियो । घरमा के कारणले आगो सल्किएको भन्ने थाहा हुन नसकेको प्रहरीले जनाएको छ ।

स्थानीयवासी र दमक नगरपालिकाको दमकलले आधा घन्टाको प्रयासपछि आगो नियन्त्रणमा लिएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 142

प्रतिक्रिया (०)

सम्बन्धित खबर