Aamsanchar

चिनियाँ सेनाको टोली काठमाडौंमा

Author Image
आइतवार, माघ ९, २०७३

काठमाडौं ।

नेपालसँगको सैन्य अभ्यासको तयारीका लागि चिनियाँ जनमुक्ति सेनाको एउटा टोली काठमाडौंमा आएको छ ।

मेजेर जनरल ली वु चुन नेतृत्वको टोलीले आइतबार प्रधान सेनापति राजेन्द्र क्षेत्रीसँग भेटवार्ता गरेको छ । चिनियाँ सैन्य टोलीको भ्रमणबारे रक्षा, परराष्ट्र र सैनिक मूख्यालयका उच्च अधिकारीहरुलाई मात्रै जानकारी रहेको बताइएको छ ।

नेपाली सेना र चिनियाँ सेनाबीच आगामी महिना पहिलो पटक संयुक्त सैन्य अभ्यास हुने तयारी भइरहेको बुझिएको छ ।

नेपाली सेनाले भारतीय र अमेरिकी सेनासंग संयुक्त सैन्य अभ्यास गर्दै आएको भए पनि चिनियाँ सेनासँग भने पहिलो पटक अभ्यास गर्न लागेको हो । नेपाली र चिनियाँ सेनाबीचको अभ्यासलाई अन्य देशहरुले समेत चासोका साथ हेरेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 213

प्रतिक्रिया (०)

सम्बन्धित खबर