Aamsanchar

राष्ट्रिय रमणीयकै दबदबा, रनिङ शिल्ड पा¥यो आफ्नै पोल्टामा

Author Image
आइतवार, माघ ९, २०७३

[शान्तिराम बस्नेत]
शिवसताक्षी

Exif_JPEG_420

दूधे श्रोत केन्द्र स्तरीय रनिङ शिल्ड प्रतियोगिता अन्तर्गत माध्यमिक तथा आधारभूत तह (कक्षा ८ सम्म) को उपाधि राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालय, दूधेले चुमेको छ ।
विद्यार्थीको चौतर्फी विकासको लागि स्वास्थ्य, खेलकुद, मनोरञ्जन तथा मानसिक विकास अपरिहार्य भन्ने उद्देश्यका साथ सम्पन्न प्रतियोगितामा माध्यमिक तह तर्फ राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालयले कुल १४ अंक ल्याएर प्रथम हुन सफल भएको हो । उसले मार्चपास, भलिबल छात्रा र लङ्गजम्प छात्रामा ९ अंक, भलिबल छात्र र लङ्गजम्प छात्रमा ४ अंक र हाइजम्प छात्रामा १ अंक ल्याई सो स्थान प्राप्त गरेको हो । द्वितीय हुने जनआदर्श माध्यमिक विद्यालयले हाइजम्प छात्रा र छात्रमा ६ अंक, लङजम्प छात्रमा १ अंक र मार्चपासमा १ गरी जम्मा ८ अंक प्राप्त गरेको थियो ।
त्यस्तै आधारभूत (कक्षा ० देखि ८) तहमा पनि राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालयले आफ्नो दबदबा कायम राखेको छ । उसले हाजिरीजवाफ र चित्रकला छात्रमा प्रथम स्थान हासिल गर्दै ६ अंक प्राप्त गरी आफूलाई अब्बल दर्जामा उतारेको छ भने उसको प्रतिस्पर्धीमा जनआदर्श माध्यमिक विद्यालयले चित्रकला छात्रामा प्रथम स्थान हासिल गर्दै ३ अंक र हाजिरीजवाफमा दोस्रो स्थान हासिल गर्दै २ अंक गरी रनर अपमा चित्त बुझाउनु परेको थियो ।
यता आधारभूत तह (कक्षा ० देखि ५ सम्म) मा भने दिपेन्द्र आधारभूत तथा सामाजिक आदर्शले समान ८ अंक प्राप्त गर्दै पहिलो स्थान गरेपछि दुवैलाई विजेता घोषित गरेको हो । प्रतियोगितामा उत्कृष्ट भलिबल छात्र खेलाडी राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालयका मञ्जिल नेपाल र छात्रामा भगवती माध्यमिक विद्यालयकी मनिता गुरुङ चुनिएका छन् ।
कार्यक्रममा प्रमुख अतिथि समेत रहेका झापा जिल्ला शिक्षा अधिकारी योगेन्द्रप्रसाद बरालले पढाईमा साथै अतिरिक्त क्रियाकलापले विद्यार्थीहरुमा रहेको अन्तरनीहित सीपहरुको प्रष्फुटन गर्ने भएकाले खेलकुद अनिवार्य भएको बताउँदैं अन्य स्रोतकेन्द्रहरुले पनि यस प्रकारको प्रतियोगिता अगाडी ल्याउनु पर्नेमा जोड दिएका थिए ।
यता खेलको विभिन्न विधाका पुरस्कारहरुका साथै रनिङ शिल्ड बाँकी रहेकोले आउँदो माघ ११ गते विद्यालयका प्रधानाध्यापकहरुको भेला गरी एक समारोहका साथ शैक्षिक तालिम केन्द्रका प्रशिक्षक तुलसी नारायण अधिकारीको हातबाट वितरण गरिने दूधे केन्द्रका स्रोतव्यक्ति कृष्णप्रसाद भण्डारीले बताए ।
दूधे स्रोतकेन्द्रका अध्यक्ष कालीप्रसाद रिजालको अध्यक्षता सम्पन्न समापन कार्यक्रममा जिल्ला शिक्षा कार्यालय झापाका विद्यालय निरीक्षकद्वय सुरेन्द्र दाहाल र शालिग्राम दाहाल, पूर्व जिल्ला विकास समिति सदस्य होमप्रसाद गौतम, बैगुन्धुरा स्रोतकेन्द्रका स्रोतव्यक्ति छबि बस्नेत, शिवसताक्षी क्षेत्रका विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधि लगायतको मन्तव्य तथा आतिथ्य रहेको थियो ।
दूधे स्रोतकेन्द्र भरीका २३ वटा सामुदायिक विद्यालयहरुबीच सम्पन्न खेललाई विभिन्न ४ उपकेन्द्रमा विभाजन गरी त्यहाँ छनौट भएका खेलाडीहरुलाई उक्त रनिङ शिल्डमा प्रतिस्पर्धा गराइएको थियो ।
गत माघ ४ गतेदेखि विद्यालय स्तर हुँदैं ४ उपकेन्द्र स्तर तथा केन्द्र तोकिएको राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालय दूधे तथा त्यसका आसपासका मैदान तथा भवनमा १७ वटै विधामा खेलहरु माध्यमिक, आधारभूत तह कक्षा ८ सम्म र आधारभूत तह ५ सम्म गरी सम्पन्न भएका हुन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 147

प्रतिक्रिया (०)

सम्बन्धित खबर