Aamsanchar

रोटरीको उदाहरणीय काम, ४९३ जनाको स्वास्थ्य परीक्षण

Author Image
बिहिवार, माघ १३, २०७३


बिर्तामोड ।

रोटरी क्लव अफ बिर्तामोडको आयोजना तथा ज्येष्ठ नागरिक गाउँ समिति ज्यामिरगढीको अगुवाईमा एकदिने क्यान्सर परीक्षण तथा स्वास्थ्य परीक्षण शिविर सम्पन्न भएको छ ।
शिविरमा चार सय ९३ जनाको स्वास्थ्य परीक्षण गरिएको थियो । शिविरमा नेपाल मेडिकल कलेज काठमाडौंका प्रोफेसर डा. मनोहरलाल श्रेष्ठ स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा.आस्था श्रेष्ठ र फिजिसियन डा. मनिष मित्तलले स्वास्थ्य परीक्षण तथा क्यान्सर परीक्षणको प्याप टेष्ट गरेको बताइएको छ ।
शिविरमा आएकामध्ये एक सय १० जना महिलाको प्याप टेष्टको स्लाइड काठमाडौं पठाइएको बताइएको छ । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी उपशाखा ज्यामिरगडी लगायतको सहयोग रहेको थियो । कार्यक्रमको अध्यक्षता रोटरी क्लव अफ बिर्तामोडका अध्यक्ष विनयराज पोखरेलले गरेका थिए । सोही कार्यक्रममा ज्येष्ठ नागरिक गाउँ समिति ज्यामिरगढीले रोटरी क्लव अफ बिर्तामोडका अध्यक्ष विनयराज पाखेरेललाई प्रशंसा पत्र समेत प्रदान गरेको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 193

प्रतिक्रिया (०)

सम्बन्धित खबर