Aamsanchar

रोटरीमा लागेर समाजसेवा गर्ने मौका पाएँः बिनयराज पोखरेल

Author Image
बिहिवार, माघ १३, २०७३

बिनयराज पोखरेल

अध्यक्ष

रोटरी क्लव अफ बिर्तामोड

रोटरी क्लव अफ बिर्तामोड हाल के गर्दैछ ?
– रोटरी क्लव अफ बिर्तामोड सामाजिक सेवामा तल्लीन छ । यस संस्थाको उद्देश्य भनेको आफ्नो स्थार्थभन्दा माथि रहेर समाजमा सेवा गर्नु नै हो । हाल हाम्रो क्लव यसवर्षको थिम (सर्भिस अफ ह्युम्यानिटी)छ । त्यसै अन्तर्गत रहेर काम गरिरहेको छ ।
तपाईंको कार्यकालमा के–के गर्ने योजना छ ?
– मेरो कार्यकाल एकवर्षको हुनेछ । यो एक वर्षमा हाम्रो क्लवले विभिन्न कार्यहरु गरिसकेको छ । योजनाहरु त धेरै नै छ । तर, यसवर्ष २०१६÷२०१७ को कार्यकालमा हामीले कम्प्युटर , स्कूल पोशाक, स्वेटर वितरण र ज्यामिरगडीमा ज्येष्ठ नागरिकको अगुवाईमा स्वास्थ्य शिविर गरी सक्यौं । र टिचको ट्रेनिङ र भद्रपुरमा रहेका बाढीपीडितलाई सहयोग लगायतका कार्यक्रम पनि गरिसकिएको छ ।
रोटरीको अर्थ र यसको काम अनि उद्देश्य सर्वसाधारणले बुझ्ने गरी बताइदिनुहोस् न ।
– यो एउटा विशुद्ध सेवामुलक संस्था हो, यसको उद्देश्य नै सर्भिस एभव सेल्फ हो । अर्थात् आफूभन्दा माथि उठेर सेवा गुर्न हो । तर, यसको थिम नै के छ भने सर्भिसीङ फर ह्युम्यानिटी अर्थात् मानवीय सेवा हो ।
तपाईं कहिलेबाट र कसको प्रेरणाले रोटरीमा प्रवेश गर्नुभयो ?
– म वास्तवमा २०४३ सालदेखि बिर्तामोडमा व्यवसाय गरेर बसेको हुँदा बिर्तामोडका धेरै साथीहरुसँग सम्पर्कमा छु । मेरो बुवा स्व. विष्णुराज पोखरेल धेरै संघ–संस्थामा आबद्ध हुनुहुन्थ्यो । म उहाँबाट धेरै प्रेरित भएको हुँदा सामाजिक संघ–संस्थामा काम गर्ने अवसरहरु त पाएको छु । रोटरी क्लवमा चाहिँ मलाई विनोद बस्नेत भाइले प्रवेश गराउनु भएको हो ।
रोटरीमा लागेर के पाउनुभयो ?
– रोटरीमा लागेर समाजको सेवा गर्ने मौका पाएँ । यसको आनन्द नै बेग्लै छ ।
सेवा गर्ने अरु पनि छन् नि संस्थाहरु । रोटरी र अरुमा के फरक छ त ?
– सेवा गर्ने संस्था धेरै छन् । तर, यसको काम गर्ने शैली नै फरक छ । रोटरीले विश्वका २÷३ वटा मुलुक बाहेक अन्य देशबाट पोलियोमुक्त पा¥यो । रोटरीले गर्दा नेपालमा पोलियोको समस्या नै छैन भने पनि हुन्छ । रोटरी अब साक्षरता अभियानमा लागेको छ । मुलुकमा बालबालिका र प्रौडहरुलाई साक्षर बनाउन अघि बढेको छ । जस्तोः टीच प्रोग्राम अन्तर्गत विभिन्न कार्य गर्दैछ ।
रोटरीमा थोरै सदस्य हुन्छन् अनि सदस्यहरुले धान्नै मुस्किल पर्नेगरी खर्च गर्नुपर्छ भन्ने पनि सुनिन्छ नि ?
– त्यो त आफूमा भरपर्ने कुरा हो । सेवा गर्ने उद्देश्यले अघि बढेपछि थोरबहुत त आफूबाट पनि केही खर्च हुन्छ । त्यही नै रोटरीको आनन्द हो । धेरै सदस्य भएर भएन नि । थोरै जनशक्तिबाट धेरै काम गर्न सक्नु पर्दछ । त्यस्तो तपाईले भने जस्तो चाहिँ धान्नै नसकिने होइन, यसमा हामीलाई केन्द्रले पनि सहयोग गर्दछ ।
तपाईं रोटरी बाहेक अरु के–के संस्थामा आवद्ध हुनुहुन्छ ?
– म हाल रोटरी बाहेक पनि धेरै संघ–संस्थामा आबद्ध छु
तपाईको पेशा व्यवसाय ?
– म एउटा सामान्य व्यवसायी हुँ र मेरो आफ्नो निजी व्यवसाय छ । म त्यसैमा आबद्ध छु ।
तपार्इं भद्रपुरको मान्छे बिर्तामोडको संस्थाको नेतृत्व सम्हाल्न कत्तिको सहज छ ?
– त्यस्तो केही गाह्रो छैन । भद्रपुर–बिर्तामोड भनेको १२÷१३ किलोमिटरको फरक छ । त्यसमा पनि यो एउटा टीमवर्कबाट चल्ने भएको हुँदा सबै साथीहरुले मिलेर काम गर्नुपर्ने हुन्छ । मेरा अरु साथीहरुले मलाई सहयोग गर्नुहुन्छ । त्यसैले मलाई संस्था सम्हाल्न गाह्रो छैन ।
व्यवसाय र सामाजिक काममा परिवारको साथ सहयोग कत्तिको छ ?
– बिल्कुल, मेरो परिवारबाट पूर्ण साथ र सहयोग छ । मेरी श्रीमती मञ्जु पोखरेल पनि सामाजिक सेवामा काम गर्ने भएको हुँदा उनीबाट मलाई धेरै सहयोग भएको छ । र म उनीबाट धेरै प्रभावित भएको छु ।
रोटरी क्लवको अध्यक्ष भएर आम मानिसमा कस्तो सन्देश प्रवाह गर्न चाहनुहुन्छ ?
– हेर्नुहोस, संस्थामा बस्दाखेरी काम गर्ने र संस्थालाई समय दिने हिसाबले अध्यक्षता लिनुपर्ने हुन्छ । सेवा गर्नु नै मुख्य लक्ष्य हो । जसले गर्दा समाजमा रहेर समाजका लागि केही गर्नुपर्छ भन्ने मेरो भावना हो । सोही अनुसार समाजका लागि सबैले केही न केही असल काम गर्नुपर्छ भन्ने मेरो सन्देश हो ।
तपाईंको जीवनको लक्ष्य के हो ?
– मेरो जीवनको मूल लक्ष्य भनेको समाजका लागि सकारात्मक सोच नै मेरो लक्ष्य हो । तन, मन, वचनले लाग्नुपर्छ । त्यसो गरियो भने अवश्य पनि लक्ष्यमा पुगिन्छ ।
(रोटरी क्लव अफ बिर्तामोडका अध्यक्ष वियनराज पोखरेल झापा भद्रपुरका
स्थायी बासिन्दा हुन् । व्यावसायिक तथा सामाजिक क्षेत्रमा लामो समयदेखि क्रियाशील विनयराज माता डीकादेवी, पिता विष्णुराज (स्व.) का पुत्र हुन् ।
उनकी श्रीमती मञ्जु सिटौला पोखरेल पनि सामाजिक क्षेत्रमा सक्रिय छिन् । वीरता लेडी जेसीजकी पूर्व अध्यक्ष मञ्जु उपभोक्ता हित संरक्षण मञ्च झापाकी अध्यक्ष हुन् । विनयराजका इसान र इरिष दुई छोरा छन् ।)

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 183

प्रतिक्रिया (०)

सम्बन्धित खबर