Aamsanchar

मोहनमायाले सवा करोड जुटाएरै बनायो भवन

Author Image
शुक्रवार, माघ १४, २०७३

बिर्तामोड।

बिर्तामोड रामचोकस्थित मोहनमाया माध्यमिक विद्यालयले आफ्नै पहलमा दाताहरुबाट सहयोग जुटाएर एक करोड २५ लाख रुपैयाँको लागतमा १८ कोठे भवन निर्माण गरेको छ ।
उक्त भवनको  विहीवार पूर्वाञ्चल क्षेत्रीय शिक्षा निर्देशनालयका निर्देशक केशवप्रसाद दाहालले उद्घाटन गरे । प्रमुख अतिथि दाहालले विद्यालयको पहलमा भएको कार्यको प्रशंसा गरे । प्रधानाध्यापक विन्दु श्रेष्ठले विभिन्न स्थानीय दाताहरु, शिक्षा कार्यालय र पञ्चकन्या राइस मिलको तर्फबाट उक्त सहयोग जुटाइएको जनाकारी दिइन् ।

पञ्चकन्याकोतर्फबाट विष्णुबहादुर श्रेष्ठसहित उनको परिवारले ४५ लाख, शिक्षा कार्यालयले २४ लाख रुपैयाँ प्रदान गरेको थियो । अन्य सहयोग स्थानीय दानवीरले प्रदान गरेको प्रधानाध्यापक श्रेष्ठले बताइन् ।
विद्यालयकी अध्यक्ष सीता गौतमको अध्यक्षतामा भएको समारोहमा नेपाल पत्रकार महासंघ झापा शाखाका सचिव तथा पूर्वाञ्चल दैनिकका सम्पादक एकराज गिरीसहित भवन निर्माणमा सहयोग पु¥याउने दाताहरुलाई सम्मान गरिएको थियो । पत्रकारिताको माध्यमबाट विद्यालयको भौतिक तथा शैक्षिक विकासमा योगदान पु¥याएको भन्दै पत्रकार गिरीलाई दोसल्ला र सम्मानपत्र प्रदान गरिएको थियो ।

प्रमुख अतिथि क्षेत्रीय शिक्षा निर्देशक दाहाल र प्रधानाध्यापक श्रेष्ठले गिरीलाई सम्मान प्रदान गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 112

प्रतिक्रिया (०)

सम्बन्धित खबर