Aamsanchar

चितवनमा नयाँ प्रजातीको चरा फेला

Author Image
शुक्रवार, माघ १४, २०७३

चितवन ।

चितवनको सिमसार क्षेत्रमा एउटा नयाँ चरा फेला परेको छ । सिमसारमा बस्ने रोड्डी टर्नस्टोन नामको चरा फेला परेको बर्ड एजुकेसन सोसाइटी चितवनका निवर्तमान अध्यक्ष वासु विंडारीले जानकारी दिनुभयो ।

नेपालका लागि यो चरा फेला परेको तेस्रो घटना भएपनि चितवनमा भने पहिलोपटक फेला परेको विंडारीको भनाइ छ । चराको अवस्था र बासस्थानको अवस्था पत्ता लगाउन चितवनमा पुसको अन्तिम सातादेखि दुई हप्तासम्म विभिन्न क्षेत्रमा भएको जलपक्षीको गणनाका क्रममा नयाँ चरा रेकर्ड भएको हो । यो सँगै जिल्लामा चराको सङ्ख्या ६ सय ३४ पुगेको छ ।

नेपालमा आठसय ८७ प्रजातिका चरा छन् । नेपालमा पाइने चरामध्ये अधिकांश चरा चितवनमा देखिएकाले यहाँ चरा पर्यटनको राम्रो सम्भावना छ । चितवन निकुञ्ज आसपास क्षेत्रमा पानीमा पाइने चराको राम्रो बासस्थान छ । चितवनमा पाइने चरामध्ये करिब ६० प्रतिशत जल क्षेत्र र निकुञ्ज आसपासमा भेटिन्छन् । अहिलेको गणनामा चराको सङ्ख्यासमेत बढेको पाइएको चरा विज्ञहरुले जानकारी दिएका छन् ।

यसपालिको गणनामा पूर्वी चितवनको भण्डारास्थित मत्स्य विकास केन्द्रको परिसरमा समेत चराको अनुगमन भएको बर्ड एजुकेसन सोसाइटीले जनाएको छ । सोसाइटीको अगुवाइ र चितवन राष्ट्रिय निकुञ्जको सहयोगमा गणना थालिएको हो ।

गणनाका लागि ५० जना गाइड परिचालन भएका थिए । यहाँको ढुङ्ग्रेखोला, बूढी राप्ती, कसरा, राप्ती नदी, लामिताल, राप्ती घाट, तमोर ताल र विस हजारीतालमा चरा गणना भएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 175

प्रतिक्रिया (०)

सम्बन्धित खबर