Aamsanchar

‘झापा गोल्डकप हेर्न दैनिक १० हजार दर्शक आउनेछन्’

Author Image
शुक्रवार, माघ १४, २०७३

झापा गोल्डकपको तयारी कहा पुग्यो ?
– झापा गोल्डकपको तयारी अन्तिम चरणमा पुगेको छ । फुटवल क्लवको कति टिम आउने भन्ने पनि फाइनल भइसकेको छ । खेल मैदानको पनि तयारी भइसकेको र प्याराफिट बनिसकेको तथा आर्थिक व्यवस्थापन पनि लगभग सकिएको छ ।
उद्घाटन र समापनको योजना के छ ?
– कार्यक्रमको उद्घाटन पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्य र सामान्य प्रशासन मन्त्री केशवकुमार वुढाथोकीको विशेष आतिथ्यमा हुँदैछ । त्यसमा गतवर्ष भन्दा अलिक फरक तरिकाले गर्ने सोच छ । कार्यक्रमलाई भव्य बनाउन वेलुन उडाउने र नृत्यहरु प्रस्तुत गर्ने तयारी भइरहेको छ  । त्यस्तै समापनमा राष्ट्रिय खेलकुद परिषद्का पदाधिकारी र खेललाई स्पोन्सर गर्ने प्रमुखको पनि उपस्थितिमा कार्यक्रम गरिने छ । खेलको ‘डिल’ पाँचसय विद्यार्थीले गर्ने छन् भने आउँने दर्शकलाई पनि ‘फ्यान अफ द डे’का रुपमा पुरस्कृत गरिने छ । जसका लागि एक्सपर्ट एजुकेशनले पाँच हजार रुपैयाँ दैनिक सहयोग गर्ने भएको छ । तर,खेल हेर्न आउने दर्शकले टिकट काटेको हुनुपर्छ ।
प्रतिष्पर्धा गर्ने टीम कस्ता छन् ?
– झापा गोल्डकपमा प्रतिष्पर्धा गर्ने टीम ए डिभिजनका छन् । मोफसलका तीनवटा टीम छन् । झापा ११ सहित पोखराको सहारा क्लव र रुपन्देही क्लवसहित पाँचवटा काठमाडौंका ए डिभिजन र भारतको पनि एक टिमले सहभागीता जनाउने छन् । प्रतियोगीतामा दश वटा टीम सहभागी हुँदैछन् ।
कति खर्च गर्नुहुन्छ ? के का लागि कति मोटामोटी ?
– यो कार्यक्रम समापन गर्न हामीलाई ७५ लाख चाहिन्छ  । त्यही अनुसार हामीले रकम संकलन गरिरहेका छौं । हामीले खेल मैदानको तयारीदेखि क्लवहरुलाई दिनु पर्ने खर्चसहित सवै रकम जोड्दा त्यती खर्च हुने अनुमान रहेको छ ।
खर्च गरेर रहेको पैसा के काममा लगानी गर्ने ?
– अहिले हामीले झापा गोल्डकपलाई संस्थागत रुपमा लान खोजिरहेका छौं । संस्थागत तयारीको पनि चरण अगाडि बढाएका छौं । यसलाई विधिवत रुपमा दर्ता गरेर फुटवलसंग सरोकार राख्ने व्यक्तिलाई संस्थापक रहनु हुनेछ । उहाँहरुले प्रत्येक वर्ष दुई चार हजार रुपैयाँ खर्च गर्न चाहने महानुभावहरुलाई संस्थापक सदस्य बनाएर अघि वढ्ने र उठेको रकमबाट कोषमा जम्मा गरेर एक करोड २५ लाख रुपैयाँ पु¥याएर संस्थालाई मजवुद बनाउने हाम्रो पहिलो दायित्व रहने छ । सोही अनुरुप हामीले काम अघि बढाएका छौं । यस क्लवमा ५०० जनालाई संस्थापक सदस्य बनाएर रकम संकलन गर्ने र करपोरेट संस्थावाट ५० लाख , गेट मनिवाट ५० लाख र सदस्यहरुबाट २५ लाख गरी एक करोड २५ लाख रुपैयाँ संकलन गर्ने हाम्रो मुख्य उद्देश्य रहने छ । जसका लागि २१ हजार रुपैयाँ हामी संस्थापक सदस्य हुनका लागि रकम लिन्छौं । उठेको रकम मध्ये ७५ लाख खर्च गर्ने र ५० लाख रुपैयाँ अक्षयकोष खडा गरेर राख्ने र सोही रकमको व्याजबाट आगामी दिनमा गोल्डकप गराउन खर्च गर्ने सोचका साथ काम गरिरहेका छौं ।
सहयोग, सल्लाह र सुझाव कस्तो पाइरहनु भएको छ नि ?
– झापा गोल्डकपलाई हामीले विधिवत रुपमा दर्ता गरेर झापा गोल्डकपलाई लिडर र अरुलाई फिडर बनाउने सोचका साथ हामी लागीपरेका छौं । झापालाई फुटवलको हब बनाउने उद्देश्यले हामी अघि बढिरहेका छौं । यस क्रममा विभिन्न क्षेत्रमा कार्यक्रम गर्ने सोच छ । झापाका विभिन्न महानुभावहरुले स्वतः स्फूर्त रुपमा सहयोग गरिरहनु भएको छ । विदेशवाट पनि खेल प्रति उत्साहित भएर सहयोग पु¥याइरहनु भएको छ । कर्पाेरेट हाउसवाट पनि उत्तिकै सहयोग छ हामीलाई ।
झापा गोल्डकपलाई विधिवत रुपमा दर्ता गर्ने सोच कहा“वाट आयो ?
– यो भन्दा अघिल्लो गोल्डकपलाई हामीले तदर्थ रुपमा चलायौं । गोल्डकपको अयोजना गर्ने सोच मात्र थियो । प्रथम गोल्डकप अपार सफलताका साथ सम्पन्न भएकाले हामीले त्यसलाई निरन्तरताका लागि विधिवत रुपमा दर्ता गरेर जाने भन्ने सोचले हामीले झापा गोल्डकपलाई जिल्ला प्रशासन कार्यालयमा दर्ताको प्रक्रिया अघि बढाएका थियौं । अब यसको हिसावलाई पारदर्शी गर्दै , अडिट गर्दै र यो गोल्डकप सवैको अपनत्व हुनेगरी हामीले भोलिका दिनमा गोल्डकप आउने वित्तिकै चन्दा उठाउनु नपरोस् भन्नेर दर्ता गरेका हौं । हामीले अब गोल्डकपका लागि संस्थापक सदस्यहरुवाट रकम संकलन गरेर पनि गोल्डकप सञ्चालन गर्न सक्छौं । सोही अनुरुप हामीले झापा गोल्डकपलाई विधिवत रुपमा दर्ता गराएका हौं ।
संस्थापक सदस्य बन्ने प्रावधान बारे बताइदिनु न ।
– अहिले हामीले २१ हजार रुपैयाँ सहयोग गर्ने महानुभावहरुलाई संस्थापक सदस्य बनाउने प्रावधान राखेका छौं । त्यो भन्दा माथि पनि सहयोग गर्न सक्नुहुन्छ । संस्थागत सदस्यता भइसकेपनि सदस्यमा आउन र निर्वाचन लगायतका क्रियाकलापमा भाग लिन सक्नुहुन्छ ।
तपाई सहकारी ,गैरसहकारी क्षेत्रको सामाजिक अभियन्ता । तर, गोल्डकपको अध्यक्ष बन्न कसरी आउनुभयो ?
प्रथम गोल्डकप होम पाण्डेले सम्हालिरहनु भएको थियो । यसको लागत लगायतका अन्य कुराले पनि अध्यक्ष तथा जलकुमार गुरुङ लगायतले मलाई प्रस्ताव गर्नुभयो । उहाँहरु आएर मलाई प्रस्ताव गरिसकेपछि झापा गोल्डकपको नेतृत्व सम्हालेको हुँ । उहाँहरुको प्रस्तावलाई स्वीकार्दै समस्या भएपनि चुनौतिलाई सामना गर्न सक्छु भनेर अध्यक्ष बनेको हुँ ।
फरक क्षेत्रमा आएर काम गरिरहदा कस्तो अनुभूति भइरहेको छ ?
– क्षेत्र फरक भएपनि फुटवलमा रुची राख्ने मानिस हुँ । फुटवल नखेलेपनि धेरै कुराको अनुभव भएकाले यसलाई राम्ररी अघि बढाउन सकिन्छ भन्ने मलाई लागेको छ । झापालाई फुटवल पर्यटन बनाउने सोचका साथ म लगायत मेरो सिङ्गो टीम लागेको छ अहिले । फुटवल खेलमा अन्य खेलको भन्दा मानिसमा धेरै रुची छ । त्यही भएरपनि झापालाई हामी फुटवलको हवको रुपमा विकास गरेर लाने सोचका साथ अघि बढेका छौं । हामीले झापालाई फुटवल पर्यटनका रुपमा कसरी लैजान सकिन्छ ? झापामा फुटवल एकाडेमी कसरी बनाउन सकिन्छ भनेर हामी अघि बढेका छौं ।
दैनिक कति दर्शक आउलान् ?
– दैनिक फुटवल हेर्न आठदेखि दश हजार दर्शक आउने हामीले अपेक्षा गरेका छौं । झापा ११ लाई पनि दह्रो बनाउनु छ । खेलाडीको पनि मनोवल उच्च बनाउनु छ । खेलाडीको मनोवल उच्च बनाउँदै फाइनलसम्म झापा ११ लाई पु¥याउन सकियो भने फाइनलमा मात्र १५ हजार दर्शकले यस पटकको झापा गोल्डकप हेर्छन् ।
दर्शकको गेट इन्ट्री र व्यवस्थापन कस्तो छ ?
– दर्शकलाई व्यवस्थापन गर्ने विषयमा प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकायका प्रमुखहरुसंग पनि हामीले कुराकानी गरिसकेका छौं । उहाँहरुले पनि यो खेललाई उच्च प्राथमिकताका साथ हेर्नु भएको छ ।
अघिल्लो वर्ष भन्दा यो वर्ष के कुरामा फरक छ गोल्डकपमा ?
– अघिल्लो वर्ष गोल्डकपलाई व्यवस्थित गर्ने जमर्काे गरेका थियौं । प्याराफिटपनि भाँचिएको थियो । यो वर्ष हामीले त्यसलाई मजवुद बनाएका छौं । टिकटलाई व्यवस्थित गरेका छौं । नक्कली नहोस् भनेर टिकटलाई पनि फरक तरिकाले बनाएका छौं । स्पोन्सरकर्तालाई पनि राम्रो रेस्पोन्स गर्न समिति बनाएका छौं । खेल हुँदै गरेको स्थानमा कोही पनि नपुगोस् भनेर हामीले तार जालीको व्यवस्था गरेका छौं । यो वर्ष पक्कैपनि राम्रो हुने अपेक्षा छ हाम्रो । सुरक्षा व्यवस्थाको दृष्टिकोणले पनि हामी सजक छौं ।
भविश्यमा गोल्डकपलाई कसरी लाने सोचमा हुनुहुन्छ ?
– झापा गोल्डकप संस्थागत भइसकेपछि यसको नेतृत्वमा म नरहीरहेपनि यसलाई अझ व्यवस्थित र मर्यादित पार्दै लैजान मेरो भूमिका उत्तिकै रहन्छ । मेरो भिजन त्यसमा उत्तिकै रहन्छ । पहिलो भन्दा दोस्रो राम्रो र दोस्रो भन्दा तेस्रो राम्रो बनाउँदै संस्थागत रुपमा नै अघि बढाउने सोच मेरो छ । फुटवल हेर्न गेटपासले होइन पैसा तिरेर हेर्नुपर्छ भन्ने सोचको विकास गराएर लाने मेरो उद्देश्य छ ।
झापा ‘स्पोर्टस हव‘ बन्दै गएको छ , यसलाई अझ व्यवस्थित र विकास गर्न के गर्नु पर्ला ?
– झापालाई ‘स्पोर्टस हव’ बनाउन एकाडेमीका रुपमा विकास गरेर जानुपर्छ । म्युजियमका कुरा आउँछन् त्यसमा । रंगशालाका कुरा आउँछन् त्यसमा पनि । यि सवैको विकास गरेर जाने र सवैलाई व्यवस्थित गर्दै जाने हो भने पक्कै पनि झापा स्पोर्टस हव बन्न वेर लाग्दैन । अहिले रंगशाला कुनै व्यक्तिको नाममा छ त्यसलाई व्यवस्थित गर्दै लान सक्यौ भने त्यसलाई सरकारको लगानी आवश्यक हुँदैन । यहाँकै खेलप्रेमीले गरेको सहयोग नै काफी छ । कसैका वुवा आमाले आफ्ना छोरा छोरी फुटवलर बनोस् भन्ने सोच राखेको हुँदैन । सवैले डाक्टर पाइलट, इञ्जिनियर नै बनाउँने सोच राखेका हुन्छन् । तर , अब त्यो मानसिकता भन्दा माथि उठेर रुची अनुसारको शिक्षा दिन सकियो भने विद्यालय स्तरवाटै विद्यार्थीको क्षमता अनुसार अघि बढायौं भने कोही राम्रो फुटवलर बनेर आफ्नो, समाजको र राष्ट्रको नाम राख्न सक्छन् । तसर्थ फुटवाल मात्र होइन कुनै पनि खेलकुदको विकासका लागि सानैवाट उचित शिक्षा दिन आबश्यक छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 180

प्रतिक्रिया (०)

सम्बन्धित खबर