Aamsanchar

‘झापा गोल्डकप झापालीको शान, सबैको सहभागिता जरुरी’

Author Image
शुक्रवार, माघ १४, २०७३

झापा गोल्डकपको प्रचार–प्रसार कसरी गर्दै हुनुहुन्छ ?
– झापा गोल्डकपको प्रचार–प्रसार तीब्र गतिमा भइरहेको छ । झापाका सबै एफएमहरुबाट विज्ञापन बजिरहेको छ । झापाका स्थानीय टेलिभिजनबाट विज्ञापन बजिरहेको छ । त्यसरी नै सबै दैनिक पत्रिका, साप्ताहिक पत्रिका, अनलाइन मिडियाहरुमा विज्ञापन प्रकाशन तथा प्रशारण भइरहेको छ । त्यसरी नै चारैतिर स्वागतद्वारहरु निर्माण गरिंदैछ । पर्चा पम्प्लेटहरु छरिएका छन्, टाँसिएका छन् । १३ गतेदेखि २ वटा गाडीहरुले झापाका सबै मुख्य स्थानहरुमा माइकिङ्ग गरिरहेको छ ।
गत वर्षभन्दा यस वर्ष प्रचारशैलीमा नया तरिका के छ ?
– गत वर्ष पहिलो वर्ष थियो । केही कमजोरीहरु पनि भएका थिए होलान् । त्यस्ता कुराहरुलाई सुधार गरी प्रचार–प्रसार सशक्त गरिएको छ ।
सञ्चार तथा प्रचार क्षेत्रको संयोजन गर्दा कस्ता चुनौति र अप्ठ्यारा झेल्नु परेको छ ?
– चुनौतिहरु त धेरै छन् तर सवैको सहयोगले चुनौतिहरु सहजरुपमा सम्पन्न हँुदैछ । सबैको सहयोग प्राप्त भएको छ ।
झापामा धेरै सञ्चारकर्मी छन् । सञ्चारकर्मीलाई प्रतियोगितामा आवात–जावतका लागि प्रवेश पासको व्यवस्था कसरी गर्नुभएको छ ?
– निश्चय नै झापामा धेरै सञ्चारकर्मी साथीहरु हुनुहुन्छ । हामीलाई गोल्डकप सफल पार्न उहाँहरुको महत्वपूर्ण सहयोग र भूमिका चाहिन्छ । अझ प्रचार–प्रसारको संयोजकको नाताले उहाँहरुको सकरात्मक सहयोगबिना प्रचार–प्रसारले गति लिन सक्दैन । यो गोल्डकप झापाकै शान हो । त्यो हिसाबले झापाली सञ्चारकर्मी समेत यस प्रतियोगिताका आयोजक हुनुभन्दा अतियुक्ती नहोला । म सञ्चार संयोजकको नाताले सबै सञ्चारकर्मी साथीहरुबाट भएको सहयोगको लागि धन्यवाद दिन चाहन्छु । सञ्चारकर्मी साथीहरुको लागि आवश्यक पासको ब्यवस्था गरिएको छ । पास सबै मिडियाहरुमा समयमा नै पुग्ने व्यवस्था मिलाइएको छ ।
गोल्डकप स्थलबाटै समाचार सम्प्रेषणका लागि कस्तो छ व्यवस्था ?
– गोल्डकप स्थलबाट रिपोटिङ्ग गर्न सहज होस् भन्ने उद्देश्यले इन्टरनेटको व्यवस्था गरिएको छ भने दर्शकहरुको सुविधाको लागि एनसेलको टावर नै गोल्डकप स्थलमा राख्ने व्यवस्था मिलाइएको छ ।
सञ्चार संयोजकको हैसियतले झापा गोल्डकप कस्तो होस् भन्ने परिकल्पना गर्नुभएको छ ?
– झापा गोल्डकप झापाबासी सबैको शान हो । यसमा सबै झापाबासीको सहभागिताको जरुरी छ । यो गोल्डकप नेपालकै उत्कृष्ट होस् भन्ने चाहन्छु ।
प्रतियोगितालाई प्रचारका दृष्टिले उत्कृष्ट बनाउन थप केही भन्नु छ कि ?
– यस गोल्डकपलाई अझ थप उत्कृष्ट बनाउनु सबै झापाबासीको सहयोग र सहभागिता हुनु जरुरी छ । झापाबासी सबैले अपनत्व ग्रहण गरी आ–आफ्नो ठाउँबाट सहयोग गरे यो हाम्रो गौरव हुनेछ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 146

प्रतिक्रिया (०)

सम्बन्धित खबर