Aamsanchar

झापाली समाज अन्तराष्ट्रिय तदर्थ समितिको संयोजक पदमा भवानीप्रसाद ओली चयन

Author Image
शनिवार, माघ १५, २०७३
 
अष्ट्रेलिया ।
अन्तराष्ट्रिय झापाली समाज तदर्थ समितिको संयोजक पदमा  भवानी प्रसाद ओली चयन हुनु भएको छ।
झापाली समाज अष्ट्रेलिया, अमेरिका, जापान, कोरिया, हङ्कङ,कुबेत, इजरायल, यु ए इ, लक्जेम्बर्ग लगायत १५ भन्दा बढी देशका अन्तराष्ट्रिय प्रतिनिधिहरूको  पहिलो बैठकले सर्बसम्मत रूपमा नेतृत्व चयन गरेको हो।
संयोजकको प्रस्ताब अमेरिकाका प्रमोद सिटौलाले राख्नुभएको थियो भने कुमार झापाली (कुवेत), राजु थापा (कोरिया), तुलसी पाठक (जापान), सन्तोष सिटौला (अष्ट्रेलिया), बाल हरी राई (लक्जम्बर्ग),गणेश गौतम (इजरायल), दिनेश पोखरेल (अष्ट्रेलिया), दिपक खनाल (अष्ट्रेलिया), रूप राज मैनाली (अष्ट्रेलिया), साबित्रा लुइटेल (इजरायल), रितु राज ढकाल (इजरायल), रोहित भण्डारी (युएई), छत्र सुब्बा (हंगकंग), अर्जुन बहादुर बस्नेत (कुवेत), मणि सूबेदी (युएई), बिनोद कार्की (जापान), चुडामणी काफ्ले (जापान), रीना ओडारी (साईप्रस) लगायत उपस्थित प्रतिनिधिहरूले समर्थन गर्नुभएको थियो/
कार्यक्रम झापाली समाज अष्ट्रेलियाका सचिब रूप राज मैनालीले संचालन गर्नुभएको थियो भने झापाली समाज अष्ट्रेलियाका संरक्षक दिनेश पोखरेलले सहजकर्ताको भुमिका निर्वाह गर्नुभएको थियो।
कार्यक्रमको अध्यक्षता सहभागी मध्ये ज्येष्ठ ब्यक्तित्व दिपक खनालले गर्नुभएको थियो ।
कार्यक्रममा बोल्ने क्रममा अन्तराष्ट्रिय झापाली समाजलाई मुर्त रूप दिन रूप राज मैनाली लगायत झापाली समाज अष्ट्रेलियाले खेलेको भूमिका र योगदान प्रति सबै सहभागीले आभार ब्यक्त गर्नुभएको थियो।
नवनिर्वाचित संयोजक अोलीले सम्पूर्ण प्रतिनिधीहरूप्रति आभार ब्यक्त गर्दै विदेशमा रहेका सम्पूर्ण झापाली समाजलाइ गोलबन्द गर्दै आफुलाइ दिएको जिम्मेवारी पूरा गर्न लागिपर्ने बताउनुभयो।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 193

प्रतिक्रिया (०)

सम्बन्धित खबर