Aamsanchar

‘झापा ११ देशको उत्कृष्ट फुटबल टिम’

Author Image
शनिवार, माघ १५, २०७३

झापा ११ लाई गोल्डकप आयोजना गर्ने सोच कसरी आयो ?
– नेपाल फुटबल संघले राष्ट्रिय लिग गरिरहेको छैन । त्यो अवस्थामा ठूला शहरहरुमा फुटबल टुर्नामेन्ट गर्ने उद्देश्यले झापामा पनि गतवर्षबाट फुटबल टुर्नामेन्ट शुरु गरेका हौं । यसले खेलाडीहरुको खेल रिक्ततालाई परिपूर्ति गर्ने भएकाले झापामा हामीले झापा गोल्डकपको अवधारणा अगाडि सारेका हौं ।
यो वर्ष झापा गोल्डकपको उपाधि कसले जित्ला ?
– यो टिमले जित्छ भनेर अगाडि नै भन्न सकिदैन । खेल हो जसले धेरै गोल गर्छ उसले नै उपाधि जित्छ । यसमा झापा ११ पनि अब्बल स्थानमा रहेको छ । हामी जित्नका लागि मैदानमा उत्रदैछौं । झापा ११ का खेलाडीले विभिन्न खेलहरुमा सहभागिता जनाइरहेकाले यसपटकको उपाधिको दावेदार झापा ११ पनि हो ।
जित्ने आधार के छन् ?
– हामीले ए डिभिजन लिगको उपाधि जितेपछि पछि फर्केर हेर्नुपर्ने अवस्था छैन । हामीसँग उत्कृष्ट डिफेन्डर, उत्कृष्ट खेलाडीहरु रहेकाले हामीसँग खेल जित्ने प्रसस्त छन् । होम ग्राउण्ड पनि हाम्रो जित्ने एउटा आधार हो भने दर्शक हाम्रै पक्षमा हुन्छन् । त्यसले खेलाडीलाई हौसला प्रदान गर्ने भएकाले हामी जितको दावेदार टोली हौं ।
झापा ११ लाई फाइनलसम्म पु¥याउने तयारी कस्तो छ ?
हामीले नियमित अभ्यासहरु गरिरहेकाले हामीसँग खेलमा त्यस्तो कुनै प्राविधिक समस्या छैन । सबै खेलाडीहरु उत्कृष्ट भएकाले पनि हामी फाइनलसम्म पुग्छौं । ह्ुन त खेलमा तल माथि हुन्छ । तर, कुनै टिमले त्यत्रो भारी गोल खाएर हार व्यहोर्नु परेको छैन । फरक हुन्छ एक दुई गोलको । आहा रारा गोल्डकपमा हामीले आर्मीसँग पराजित भए पनि त्यस वखतका कमजोरीलाई झापा गोल्डकपमा दोहो¥याउने छैनौं ।
झापा ११ मा कस्ता खेलाडी छन् ?
– तपाईहरुलाई थाह भएकै विषय हो । हामीसँग सक्षम र उत्कृष्ट खेलाडी छन् । जुन खेलाडीले राष्ट्रियस्तरको प्रतियोगितामा भाग लिएर आफ्नो उत्कृष्टता प्रस्तुत गरिसकेका छन् । कर्ण लिम्बू नाम नै काफी छ । अरु टिम हाम्रा खेलाडीको नाम सुनेरै झस्कन्छन् । हाम्रो खेलको रणनीति बुझ्न उनीहरुलाई आतुर हुन्छ । एउटा खेलाडीलाई रोक्न उनीहरुका दुई खेलाडी मैदानमा देखिन्छन् । यी सबै कारणले पनि हामीसँग राम्रा खेलाडी छन् र हामी खेल जित्छौं ।
खेल मैदानको व्यवस्थापन कस्तो छ ?
– तपाईहरुले देखिरहनु नै भएको छ । गत सालभन्दा यो वर्ष हामीले मैदानलाई अझ व्यवस्थित गरेर अघि बढेका छौं । गत वर्षका कमी–कमजोरीलाई पनि सुधार गर्दै खेल मैदानलाई व्यवस्थापन राम्ररी गरेका छौं । तपाईले भन्नु खोज्नु भएको हो गत वर्ष प्याफिट भाँचियो भनेर । तर, त्यो साल हामीसँग पर्याप्त ज्ञान थिएन । हो, गत वर्ष दर्शकको अपार मायाले हामीले पहिलो पटक आयोजना गरेको झापा गोल्डकप सफल बनायौं । र, धेरै कुरा सिकेका पनि छौं । त्यही आधारमा हामीले मैदानको व्यवस्थापन गरेका छौं । पक्कै पनि हामीले गरेको काम उत्कृष्ट नै छ ।
कति मिनेटको खेल हुन्छ ?
– फुटबल खेल हो खेलको नियम अनुसार नै हुन्छ । हामी ९० मिनेटको खेल खेलाउँछौं । उक्त समयमा गोल हुन सकेन या बराबरी भएमा अतिरिक्त समयमा खेलको निर्णय लिन्छौं । उक्त समयमा पनि खेलको निर्णय हुन सकेन भने ट्राइवेकरबाट खेलको निर्णयमा पुग्ने फुटबल खेलको नियम नै छ ।
झापा ११ का राम्रा खेलाडीहरु अरु क्लवले लगिहाल्छन् किन ?
– झापा ११ का खेलाडीले हामीलाई छाडेका छैनन् । एकजना अतिरिक्त गोल किपर मनाङले लग्यो भन्दैमा राम्रा खेलाडी लगे भन्न मिल्दैन । राम्रा खेलाडी हामीसँगै छन् । उनीहरुले झापाका लागि खेल्ने छन् ।
झापा ११ लाई देशकै उत्कृष्ट बनाउन के गर्नुपर्ला ?
– एन्फा कप काठमाडौंमा जितेपछि हामीले पछाडि फर्कनु परेको छैन । हामीलाई झापाली दर्शक मात्र होइन देशभरका फुटबल प्रेमीहरुले माया गरेका छन् । हामी जित्नका लागि खेल्छौं । त्यसैले म दाबीका साथ भन्छु झापा ११ देशको उत्कृष्ट फुटबल टिम हो ।
गेल्डपपमा आउने अरु टिमलाई बस्ने सुरक्षा लगायतका व्यवस्था कसरी मिलाउनुभएको छ ?
– हामीले फुटबल खेलमा सहभागिता जनाउन आउने टिमलाई बिर्तामोडकै होटलहरुमा राख्ने व्यवस्था गरेका छौं । सुरक्षाको बन्दोबस्त पनि प्रहरीसँग सहकार्य गर्दै मजबुत बनाएका छौं । प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुखसँगको सहकार्यमा सुरक्षा व्यवस्था मजबुत बनाएका छौं । हामीले खेलाडीहरुको बन्दोबस्ती लगायतलाई मात्र हेर्न छुट्टै उपसमिति नै गठन गरेका पनि छौं उक्त समितिले खेलाडी र आगन्तुकहरुसँग सम्पर्क गरेर आवश्यक व्यवस्थापन गरिरहेका छन् ।
झापा ११ को भविष्यको योजना के छ ?
– हाम्रो भविष्यको योजना नै छैन । हामी खेल्दै जान्छौं । हेरौं के हुन्छ ? बाटामा बसेर अरुको हात हेर्ने ज्योतिषलाई त थाह हुँदैन आफ्नो भविष्यको बारेमा हामी खेलाडीले कसरी भविष्यको योजना भन्न सक्छौं ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 180

प्रतिक्रिया (०)

सम्बन्धित खबर