Aamsanchar

सकारात्मक सोच जरुरी, अनि व्यवहार पनि

Author Image
बिहिवार, माघ २०, २०७३


दुर्गा काफ्ले

मानिसको सबैभन्दा उच्च गुण भनेको उसको सोचाइमा भरपर्छ । सकारात्मक र नकारात्मक जसले जस्तो सोच्दछ, त्यसले त्यस्तै फल प्राप्त गर्दछ । त्यसैले सदैव सकारात्मक कुरामा बढी ध्यान दिनुपर्दछ । हामीले दिन प्रतिदिन प्राप्त गरेको ज्ञान त्यो बेलासम्म पनि महत्वपूर्ण हँुदैन जति बेलासम्म हामीले त्यो ज्ञानलाई व्यवहारमा लागू गर्दैनौं । सोचाइ वा मनोवृति मन मस्तिष्कबाट निर्मित सुक्ष्म अनि स्थिर भावनात्मक बैचारिक स्थिति हो ।
मानिसले प्राप्त गर्ने सुख वा दुःख दुबै सोचाइ कै उपज हुन् । उसको सोचाइ वा विचारको कारण मानिस दैनिक प्रगति र उन्नतिको मार्गमा अगाडि लम्किरहेको हुन्छ । हामीले जस्तो विचार मनमा उत्पन्न गर्दर्छांै क्रमिकरुपमा त्यस्तै नै हुन्छ । असल सोचे असल, खराब सोचे खराब, रोगी सोचे रोगी, निरोगी सोचे निरोगी, स्वस्थ सोचे स्वस्थ, कमजोर सोच राखे कमजोरी । जो आफूलाई कमजोर सोचेर केही नगरी बस्दछ भने उ कमजोर भएर नै जान्छ । जीवनमा कहिले प्रगति गर्न सक्दैन । लक्ष्यलाई कहिले हासिल गर्न सक्दैन । त्यसैले मानिसको सकारात्मक विचार र सोच सबैभन्दा ठूलो हो । सकारात्मक सोचद्वारा परिवार, घर, समाजमा शान्तिको स्थापना गराउन सकिन्छ । सकारात्मक विचारमा त्यस्तो शतिm लुकेको हुन्छ जसबाट संसारको स्वरुप समेत बदल्न सकिन्छ । कठिन परिस्थितीलाई पनि हामीले सकारात्मक सोचेर अगाडि बढ्यांै भने सजिलै त्यो कठिनतालाई पार गर्न सक्दछांै ।
मानिसले कहिले पनि हरेश खानु हँुदैन । हिमम्त राख्यो भने जस्तोसुकै कठिन परिस्थिति पनि सहजै सरलतामा बदल्न सकिन्छ । हामीले अरुको बारे सोच्ने होइन, पहिले आफ्नो बारेमा सोच्नु जरुरी छ । म कस्तो छु ? म के गर्दैछु ? के गर्दा ठीक हुन्छ ? भनेर आफूले आफूलाई चिन्नुपर्छ । मानिसको मष्तिष्कमा दुईथरीको चिन्तन प्रवृत्ति हुन्छ । मानिसको सोचाइको सृष्टिकर्ता मानिस नै हो त्यसैले आफूले सोचेको कुरा राम्रो हो या नराम्रो लाभदायी छ या हानीकारक यसको मूल्याङ्कन आफैं गर्नुपर्दछ । सकारात्मक सोचले हेरेमा यो संसारका सबै वस्तु, प्राणी, मानिस राम्रा लाग्दछन् भने नकारात्मक सोचले हेरे त्यो खराब लाग्दछन् ।
मानिस सफल हुने चाहना राख्दैमा सफल बन्न सक्दैन । असल र सफल व्यक्ति बन्न सकारात्मक सोच, विचार र दृष्टिकोण सम्हालेर स्थायी बनाउनु र त्यसमाथि निरन्तररुपमा अभ्यास गर्नु जरुरी हुन्छ । मानिसको कोशिस नै सकारात्मक सोचाइ व्यवहार हो । जीवनमा समस्यासँग हटेर होइन डटेर र समस्याको समाधान गरेर हिंड्न सक्नुपर्छ त्यसको लागि सकारात्मक सोच राख्नुपर्दछ । एउटा भनाई छ– फूलको आँखामा फूलै संसार, काँडाको आँखामा काँडै संसार । वास्तवमा जीवनलाई फूल सोचे सुन्दर फूल जस्तै बनाउन सकिन्छ भने काँडा सम्झे सबैको लागि बिझाउने, घोच्ने बनिदिन्छ । जीवनलाई फूल बनाउने या काँडा बनाउने हाम्रो सोचाईमा निर्भर रहन्छ ।
मानिसको आ–आफ्नो गुण हुन्छ । रिसाउने, झगडा गर्ने, झर्किने तर यसो गर्नाले आफंैलाई रोगी बनाउँदछ । सबैसँग खुसी भएर मिलेर हातमा हात र साथमा साथ लिएर केही गर्नसकेमा मात्र मानिसले आफ्नो सोचाइलाई सकारात्मक रुपमा क्रमिक बिकास गर्न सक्दछ । मानिसको विचारबाटै चरित्रको निर्माण हुन्छ । विचार, ईच्छा र कर्म मिलेर नै मानिस सुख, दुःखको कारण बन्छ । सकरात्मक सोचाइमा जीउन मानिसको चालचलन, व्यक्तिगत बोली व्यवहार उर्वरायुक्त हुन्छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 261

प्रतिक्रिया (०)

सम्बन्धित खबर