Aamsanchar

बिर्तामोडको बजेट २१ करोड

Author Image
सोमवार, माघ २४, २०७३

बिर्तामोड, ।

चौथो नगरपरिषदद्वारा पारित ०७३÷०७४ को संशोधित तथा ०७४÷०७५ को अनुमानित बजेट बिर्तामोड नगरपालिकाले आइतबार सार्वजनिक गरेको छ ।
आर्थिक वर्ष २०७४÷०७५ को प्रस्तावित बजेट तथा नगर विकास योजना अन्र्तगत अनुमानित बजेट नगरपालिकाले सार्वजनिक गरेको हो ।
नगरपालिकाको बिर्ताबजारस्थित कार्यालय आयोजित समारोहमा स्थानीय विकास राज्यमन्त्री श्रीप्रसाद जवेगुले नगरपालिकाले तयार पारेको बजेट पुस्तिका सार्वजनिक गरेका थिए । नगरपालिकाको चौथो नगरपरिषदद्वारा पारित ०७३÷०७४ को संशोधित तथा ०७४÷०७५ को अनुमानित बजेट समारोहका अध्यक्ष एवम् कार्यकारी अधिकृत खड्गबहादुर कार्कीले प्रस्तुत गरे ।
प्रतिवेदनअनुसार आ. व. ०७४÷०७५ को वार्षिक नगर विकास योजनाको अनुमानित आय–व्यय बजेट २१ करोड १० लाख १० हजार प्रस्ताव गरिएको छ । यो बजेट सामाजिक सुरक्षा भत्तासमेतको हो ।
परिषदले आयतर्फ आन्तरिक आय ६ करोड २३ लाख ३० हजार हुने अनुमान गरेको छ भने सरकारबाट प्राप्त हुने नगरपालिका अनुदान ५ करोड ६९ लाख ६४ हजार, सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत ४ करोड ५३ लाख सात हजार, नगर क्षेत्र पूर्वाधार विकास कार्यक्रमअन्तर्गत १ करोड ६२ लाख ८३ हजार, सडक बोर्ड नेपालबाट सडक मर्मत–सम्भारका लागि पौप्त हुने २० लाख, एलजीसीडपीतर्फ २४ लाख ४५ हजार, मालपोत रजिष्ट्रेशन राजश्व बाँडफाँडवापत १ करोड २५ लाख अनुमान गरेको छ भने खर्चतर्फ चालुतर्फ ७ करोड ८६ लाख ५७ हजार र भौतिक पूर्वाधारसहितको पूजीगततर्फ १३ करोड १४ लाख ५७ हजार खर्च हुने अनुमान गरिएको कार्यकारी अधिकृत कार्कीले जानकारी दिए ।

चालु खर्च कुल बजेटको ३७.४३ प्रतिशत र पूर्वाधार विकास तथा पूँजीगत खर्च ६२.५७ प्रतिशत रहेको छ ।
गत तेस्रो नगरपरिषदबाट आ.व. ०७३÷०७४ का लागि प्रस्ताव गरेको १५ करोड २६ लाख ९ हजार ६४० आम्दानीमा सरकारबाट नयाँ बजेट उपशीर्षकअन्तर्गत नगर क्षेत्र पूर्वाधार विकास कार्यक्रम र सामाजिक सुरक्षा कार्यक्रमको थप बजेटसमेतलाई समेटी १८ करोड ६६ लाख ५१ हजार रुपैयाँको संशोधित बजेटलाई कायम गरिएको समारोहमा बताइयो ।
नगर क्षेत्रमा आर्थिक–सामाजिक रुपान्तरणको लागि आवश्यक पूर्वाधारहरु विकास गर्दै लैजानुपर्ने जिम्मेवारीअनुरुप स्थानीय राजनीतिक दल, वडा नागरिक मञ्च, नागरिक सचेतना केन्द्र, उद्योग वाणिज्य संघ, लक्षितवर्गका नगर समन्वय समितिहरु, विभिन्न संघ–संस्थाहरुसमेत रहेको एकीकृत योजना तर्जुमा समितिको सहमतिअनुसार आ. व. ०७४÷०७५ को लागि बजेट तथा नगर विकास योजना पारित गरिएको कार्यकारी अधिकृत कार्कीले बताए ।
बजेट तथा नगर विकास योजना कार्यक्रम सार्वजनिक गर्दै प्रमुख अतिथि मन्त्री जवेगुले प्रस्तावित बजेट तोकिएकै क्षेत्रमा पारदर्शी ढंगले खर्च गर्न आग्रह गरे । उनले नगरपालिकाको नवनिर्मित भवनको पनि उद्घाटन गरे । तेस्रो तलासम्मको योजना रहेको भवनको भूइँ तला पूरा भई उद्घाटन गरिएको प्रशासन शाखाका नासु मेघराज वाँस्तोलाले जानकारी दिए ।

४५५७ बर्गफिटमा फैलिएको भवन १ करोड ३४ लाख ७७ हजार ३६४ रुपैयामा निर्माण सम्पन्न भएको इञ्जिनियर गणेश अर्यालले बताए । भवन निर्माणका लागि स्थानीय विकास मन्त्रालयले बजेट निकासा गरेको थियो ।
सार्वजनिकीकरण समारोहमा जिल्ला तथा नगरस्तरका राजनीतिक दलका प्रतिनिधि, स्थानीय विकास अधिकारी खेमराज ओझा, छिमेकी नगरपालिकाका कार्यकारी अधिकृत तथा गाविस सचिवहरु तथा नगरवासीहरुको उपस्थिति थियो ।
न्गरपालिकाका लेखा अधिकृत गणेशकुमार पोखरेलले स्वागत र नासु मेघराज वाँस्तोलाले सञ्चालन गरेको समारोहमा राजनीतिक दलहरुको तर्फबाट नेपाली कांग्रेसका भोजराज सिटौला, एमालेका ज्ञानुराम प्रसाई, माओवादी केन्द्रका अरुण श्रेष्ठ, मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका रामु सिंह, सांसद जीवनकुमारी घिमरे, अमृतलाल राजवंशी, स्थानीय विकास अधिकारी खेमराज ओझाले शुभकामना मन्तव्य राखेका थिए ।
नगरपालिकाले ०७४÷०७५ मा गरिने कामहरु पुस्तिकामा समावेश गरेको छ । पूर्वाधारसम्बन्धी नीत, सामाजिक विकाससम्बन्धी नीति, सुशासनसम्बन्धी नीति, वातावरण तथा फोहारमैला व्यवस्थापनसम्बन्धी नीति कृषिसम्बन्धी नीति र विपद् व्यवस्थापन सम्बन्धी नीति सार्वजनिक गरेको हो ।
सोही समारोहमा विर्तामोड नगरपालिकाअन्तर्गतको चारपाने स्वास्थ्य चौकीलाई झण्डै डेढ करोड मूल्य बराबरको ७ कट्ठा जग्गा दान गर्ने विर्तामोडका दाता दम्पतिलाई सम्मान गरियो । निःशुल्क जग्गादाता चन्द्रप्रसाद बजगाईं र शान्तादेवी बजगाईंलाई प्रमुख अतिथि जवेगुले दोसल्ला ओढाएर सम्मान गरे भने सम्मानपत्र प्रदान गरे ।

बजगाईं दम्पतीले प्रमुख अतिथिलाई चारपाने स्वास्थ्ष्य चौकीका नाममा नामसारी गरिएको धनीपूर्जा हस्तान्तरण गरे भने प्रमुख अतिथि जवेगुले सो धनीपूर्जा जिल्ला जनस्वास्थ्य कायाृलयका प्रतिनिधि खोप अधिकृत ईश्वरी पौडेललाई हस्तान्तरण गरे ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 190

प्रतिक्रिया (०)

सम्बन्धित खबर