Aamsanchar

‘’प्रियसिले किन छोडिन नारायणलाई उनै जानुन’’

Author Image
बुधवार, माघ २६, २०७३

 भरत शिवाकोटी,

   [युएई]

एकदशक भन्दा पहिले सेनबेसी, बन्दीपोखरा–९ पाल्पाका नारायणबहादुर बोहोरा वैदेशिक रोजगारीका लागि दुबई आएका हुन । लामो समय प्रवासमा बिताइरहँदा उनले युएईको नेपाली जनजीवजन र गतिविधिलाई नजिकबाट नियालेका मात्र छैनन प्रवास बसाइमा समस्यामा परेका धेरै नेपालीहरुलाई व्याक्तिगत तथा संस्थागत सहयोग समेत गरेका छन ।

युएईमा रहेका विभिन्न संघ, संस्थामा आवद्ध बोहोरा सहयोगी तथा परोकारी भावनाका व्यक्ति हुन् । आर्थिक उपार्जनमात्र होइन, कला, साहित्य तथा संगीतको क्षेत्रमा समेत केही गर्न रुचाउने उनि गीतसंगीतको विभिन्न विधाका साथीहरुसँग संगत गर्दागर्दै लोकगीतको मोहमा कतिबेला डुबे भन्ने थाहा नै भएन ।

लोकगीतप्रतिको मोहका कारण बोहोरा हिजोआज रातभरि रुन्छन । आफ्नी प्रियतमा सानुको नाम पाखुरामा रगतले लेख्दै उनकै विगोगमा छट्पटाएको देख्न सकिन्छ उनलाई ।

एकातिर उनी रातमा निदाउन सक्दैनन भने अर्कातिर प्रियतमा सानु पनि उनकै यादमा तड्पिँदै रातैभरि रोएको देखिन्छ तर यो सब वास्तविकता भने होइन,आफ्नी प्रियसीले अचानक छोडेर जादा वियोगको घडीको कल्पना गर्दै उनी युट्युव मार्फत सार्वजनिक भिडियोमा रोइरहेका हुन ।

रियल लाईफमा सामाजिक तथा राजनीनिक क्षेत्रमा क्रियाशील बोहोराले रिल लाईफमा ‘रुन्छु रातभरी’ बोलको गीतको अडियो तथा भिडियो सार्वजनिक गर्दै सांगीतिक क्षेत्रमा पहिलो पाइला चालेका छन ।

स्वदेश तथा विदेश बसाइका अनेकौ अनुभव संगालेका बोहोरा लोकसंगीतप्रतिको आफ्नो झुकावलाई प्रदर्शन गर्न पहिलो गीत गाएको बताउँछन । आफ्नो पहिलो गीत सार्वजनिक गरेपछि साथीभाइबाट पाएको हौसला एवं सकारात्मक प्रशंसाले आफू उत्साहित भएको र फेरि नयाँ गीत सृजना गर्न तथा गाउन आत्मविश्वास पलाएको प्रतिक्रिया उनले दिएका छन् ।

मनोज रसाइलीको शब्द संकलनमा चर्चित गायीका देवी घर्तीले बोहोरालाई साथ दिएकी छन|गीतको मेल भर्सनको अडियो दुवईमा रेकर्ड गरिएको हो भने फिमेल भर्सन नेपालबाटै रेकर्ड गरिएको हो । उक्त गीतको भिडियो युएईको सबैभन्दा अग्लो पहाड जबलजइस लगायतका ठाउँमा तयार पारिएको र बोहोरा स्वयंले अभिनय गरेका छनभने उनलाई सहकर्मी लक्ष्मी सुवेदीले साथ दिएकी छिन ।

गीतको भिडियो लोकगायक बाबुराम परियारको निर्देशन र सूर्यकुमार बोहोराकोछायांकनमा निर्माण भएको हो । सो भिडियो उमंग म्युजिक प्रालीले बजारमा ल्याएको प्रबन्धक पर्शुराम पौडेलले जानकारी दिएका छन ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 246

प्रतिक्रिया (०)

सम्बन्धित खबर