Aamsanchar

महाधिवेशनको तयारी गर्न निर्देशन

Author Image
बिहिवार, माघ २७, २०७३

काठमाडौँ।

राष्ट्रिय प्रजातन्त्र पार्टी, काठमाडौँ जिल्लाले आफ्नो मातहतका परिषद्, सबै क्षेत्रीय समिति, महानगर समिति, नगर र वडा समितिलाई पार्टीको आशन्न महाधिवेशनको आवश्यक तयारी गर्न निर्देशन दिएको छ ।

पार्टीको जिल्ला अधिवेशन सम्पन्न भएपछि पहिलोपटक आज बसेको बैठकले आगामी फागुन ६ गतेदेखि ९ गतेसम्म काठमाडौँमा हुने महाधिवेशनमा सहभागी प्रतिनिधिको व्यवस्थापनमा समन्वयकारी भूमिका निर्वाह गर्ने निणर्य गरिएको पार्टीका सह–प्रवक्ता किरण गिरीले जानकारी दिनुभयो ।

अध्यक्ष नवराज सिंखडाको अध्यक्षतामा बसेको जिल्ला कार्य समितिको बैठकले पार्टीको अध्यक्ष तथा पदाधिकारी छनोटमा सर्वसम्मत नेतृत्व कायम गर्न पहल कदमी गर्ने निणर्यसमेत गरेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 111

प्रतिक्रिया (०)

सम्बन्धित खबर