Aamsanchar

निर्वाचन मिति घोषणा नगरे सरकारमा बस्नाको अर्थ छैनः खनाल

Author Image
बिहिवार, माघ २७, २०७३

इलाम ।

नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनालले निर्वाचन मिति घोषणा गर्न नसके सत्तामा बसिराख्नाको कुनै औचित्य नभएको बताउनुभएको छ ।

एमालेले सञ्चालन गरेको चारमहिने जनपरिचालन अभियानको आज समापन गर्दै उहाँले निर्धारित मितिमा तीनै तहको निर्वाचन गर्नुपर्नेमा जोड दिनुभयो । “निर्वाचन मिति घोषणा गर्नु सरकारको जिम्मेवारी हो तर मिति नै घोषणा गर्न नसक्ने भए सरकारमा बसिरहनाको कुनै अर्थ छैन”, उहाँले भन्नुभयो । पशुपतिनगरस्थित फाटकको दशजगा क्षेत्रमा भारतीय पक्षले संरचना बनाइरहेको जनाउँदै पूर्वप्रधानमन्त्री खनालले त्यसलाई रोक्नका लागि प्रभावकारी कदम चाल्न सरकारलाई आग्रह गर्नुभयो ।
सो अवसरमा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले तीन तहको निर्वाचन गर्न अझै पाँच विधेयक आवश्यक रहेको बताउँदैसरकारले विधेयक नबनाई निर्वाचनको मिति घोषणा गर्न आलटाल गरिरहेको आरोप लगाउनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 106

प्रतिक्रिया (०)

सम्बन्धित खबर