Aamsanchar

सेवा क्षेत्रलाई ग्रामीण क्षेत्रमा विस्तार गर्न जोड

Author Image
शुक्रवार, माघ २८, २०७३

काठमाडौँ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आर्थिक विकासमा सन्तुलन मिलाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको सेवा क्षेत्रलाई ग्रामीण क्षेत्रमा विस्तार गर्नुपर्ने बताउनुभएको छ ।

नेपाल व्यवस्थापन सङ्घ(म्यान)को आजको ३६ औँ वार्षिक साधारणसभा तथा अधिवेशनमा उहाँले पश्चिमा मुलुकमा आर्थिक विकास व्यवस्थापनले महत्वपूर्ण योगदान पु¥याएको र विकासोन्मुख मुलुकमा व्यवस्थापनलाई फरक तरिकाले हेर्नुपर्ने विचार व्यक्त गर्नुभयो । प्रधानमन्त्रीले भन्नुभयो, “विकासबद्ध प्रणालीमा आधारित अवधारणाले हाम्रा जस्ता मुलुकमा जस्ताको तस्तै लागू गर्न असम्भव हुने यथार्थप्रति हाम्रो ध्यान जान जरुरी छ ।

उहाँले निजी क्षेत्रको कार्य कुशलतालाई सरकारी क्षेत्रमा कार्यान्वयन ल्याई पैसाको मूल्य प्राप्तिको दिशामा बढ्नुपर्नेमा जोड दिँदै मुलुकको सामाजिक गतिशीलताका लागि म्यानले उचित ध्यान पु¥याउनुपर्ने बताउनुभयो ।

कार्यक्रममा एनएमबी बैंकका कार्यकारी अधिकृत उपेन्द्र पौडेललाई ‘मेनेजर अफ दिन एयर २०१६’, नेपाल स्टक एक्सचेन्ज (नेप्से)का महाप्रबन्धक सीताराम थपलियालाई ‘मेनेजमेन्ट रिकग्नाइजेसन अवार्ड २०१६’ र भिबोर सोसाइटी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत झलकप्रसाद खनाललाई ‘मेनेजर अफ दि वाच २०१६’ बाट सम्मान गरिएको थियो ।

कार्यक्रममा म्यानका तर्फबाट राष्ट्रिय योजना अयोागका पूर्वउपाध्यक्ष दीपेन्द्रबहादुर क्षेत्रीले आर्थिक समृद्धिका लागि व्यवस्थापन विषयमा प्रस्तुत गर्नुभएको कार्यपत्रमा छलफल गरिएको थियो ।

म्यानका प्रथम अध्यक्ष सुशील भट्टले मुलुकलाई आर्थिक समृद्धिको बाटामा लैजानका लागि म्यानले निरन्तर प्रयास गरिरहेको बताउनुभयो । सङ्घको सो अधिवेशनले नयाँ कार्यसमिति निर्वाचित गर्ने बताइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 125

प्रतिक्रिया (०)

सम्बन्धित खबर