Aamsanchar

निर्वाचनको तयारीमा लाग्न महामन्त्री कोइरालाको निर्देशन

Author Image
शुक्रवार, माघ २८, २०७३

इनरुवा।

नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले स्थानीय निकायको निर्वाचनको तयारीमा लाग्न नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।

सुनसरीको सदरमुकाम इनरुवा नगरपालिका वडा नं ५ मा आयोजित वडा भेला कार्यक्रमलाई  सम्बोधन गर्नुहँुदै उहाँले सो कुरा बताउनुभएको हो । महामन्त्री कोइरालाले स्थानीय चुनाव अहिलेकै सरकारले गर्ने भएकाले त्यसमा कुनै शङ्का नगरी त्यसको तयारीमा लाग्न आग्रह गर्नुभयो ।

उहाँले चुनाव नभए देश नै सङ्कटमा पर्नसक्ने भएकाले चुनाव नहुनेमा आशङ्का नगर्न कार्यकर्तालाई आग्रह गर्नुभयो । फरक प्रसङ्गमा उहाँले नेपाली काँग्रेसभित्र कुनै गुटउपगुट नरहेको बताउनुभयो । पार्टीको महाधिवेशन अगाडि गुटउपगुट भए पनि महाधिवेशनपछि सबै समाप्त भएको उहाँले दाबी गर्नुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 119

प्रतिक्रिया (०)

सम्बन्धित खबर