Aamsanchar

देशको भविष्य युवाको काँधमा :नेता पुन

Author Image
शुक्रवार, माघ २८, २०७३

उर्लाबारी  ।

नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुनले देशको भविष्य युवाको काँधमा आएकाले त्यहीँ अनुसार अघि बढ्न उनीहरुलाई आग्रह गर्नुभयो ।

उर्लाबारी बहुमुखी क्याम्पसमा आज बिहान अखिल क्रान्तिकारी मूल इकाई कमिटिले आयोजना गरेको वृहत सांस्कृतिक कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो ।

नेता पुनले राजनीतिले देशको दिशा निर्देश गर्ने भएकाले समाजका सबै क्षेत्रको केन्द्र राजनीति नै भएको बताउँदै देशको विकासमा भौतिक र मानवीय पूर्वाधार आवश्यकपर्ने र त्यसका लागि दक्ष एवम् शिक्षित नागरिकको खाँचोपर्ने आवश्यकता औल्याउनुभयो ।

पचास लाख युवा रोजगारिका लागि विदेशीएको बताउँदै उहाँले मुलकको ४८ प्रतिशत खेतीयोग्य जमिन बाँझै रहेकाले कृषिमा क्रान्तिको आवश्यकता रहेको छ भन्नुभयो ।

नेता पुनले भविष्यका युवालाई सही तरिकाले शिक्षित गराउन शिक्षकलाई आग्रह गर्दै शिक्षा नै समाज रुपान्तरणको एउटा माध्यम भएकाले युवाले पनि त्यही अनुसार आफूलाई विकास गर्नुपर्नेमा जोड दिनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 113

प्रतिक्रिया (०)

सम्बन्धित खबर