Aamsanchar

धुर्मुस–सुन्तली फाउन्डेसनलाई रु एक लाख

Author Image
आइतवार, फागुन १, २०७३

बर्दिवास।

महोत्तरीको बर्दिबासमा एकीकृत नमुना मुसहर बस्ती निर्माणमा जुटेको धुर्मुस–सुन्तली फाउन्डेसनलाई बस्ती निर्माणमा सहयोग पु¥याउन होटल व्यवसायी हिरा गौतमले शनिबार रु एक लाख रकम प्रदान गर्नुभएको छ ।

होटल व्यवसायी गौतमले इँटा टाउकामा बोकेका ‘धुर्मुस’लाई चेक हस्तान्तरण गर्दै भन्नुभयो – “म पनि यो पुण्य काममा थोरै सहभागिताले मिसिन आएको छु ।”
बस्ती निर्माणका लागि अस्ट्रेलियाबाट रु ६५ लाख सहयोग प्राप्त भइसकेको छ । “सहयोगी मनहरुकै साथ र सहयोगले हामी निरन्तर राष्ट्र निर्माणको अभियानमा लागिरहेका हौँ” धुर्मुसले भन्नुभयो – “मुसहर बस्तीको निर्माण सम्पन्न गरी वैशाख १ गते वर्षौैंदेखि घरबारविहीन मुसहरलाई नयाँ घरमा प्रवेश गराउँदैछौँ ।”

गत पुस २५ गते महजोडीले शिलान्यास गरेसँगै निर्माण सुरु भएको बस्तीको अहिलेसम्म ३५ प्रतिशत काम सकिएको छ । अब ६५ प्रतिशत कामका लागि आवश्यक आर्थिक भार पनि सहयोगी मनबाटै पूरा हुने कार्यस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै धुर्मुसले बताउनुभयो ।

रु चार करोड ७८ लाखको लागतमा ५० घर मुसहरका लागि शौचालय, खानेपानी धारा सुविधासहितको ५० घर, बालोद्यान, सामूहिक घर, मुसहरका कुलदेवता दिनभद्री मन्दिर र दुई सार्वजनिक शौचालय बन्ने काम अहिले धमाधम छ । सडक, बिजुली, खानेपानीसहितको सो निर्माणाधीन बस्ती अपाङ्गता र बालमैत्री हुने फाउन्डेसनका परियोजना प्रबन्धक अर्जुन न्यौपानेले बताउनुभयो ।

हालसम्म झन्डै रु दुई करोडभन्दा बढी रकम सङ्कलन भए पनि बस्ती निर्माणका लागि अझै रु दुई करोड ५० लाख रकम अपुग रहेकाले तराई मधेसका उद्योगी, व्यापारी, समाजसेवीसहितका समाजका सबै तहतप्काका सहयोगी मनसँग फाउन्डेसनले सहयोगका लागि अनुरोध गरेको छ

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 105

प्रतिक्रिया (०)

सम्बन्धित खबर