Aamsanchar

मानिस किन दुब्लो हुन्छ ? यी कारण हुन सक्छन्

Author Image
सोमवार, फागुन २, २०७३

काठमाडौं ।

मानिस कोही दुब्लो कोही मोटा हुने गर्छ । यसलाई सामान्य मान्न सकिन्छ । यो किशोरावस्थामा पुग्दा हुने परिवर्तनको नतिजा हो । मानिस दुब्लाउनुको पहिलो कारण खाना नै हो । खानामा पौष्टिक तत्वको कमी, अरुची, समयमा या लामो समयसम्म नखाने वा पेटभर नखाने, डाइटिङ्ग गर्ने जस्ता कारण दुब्लो र ख्याउटे बन्नसक्छ ।

विशेषगरी भन्नुपर्दा इनर्जी धेरै खर्च हुने र इनर्जी बचत कम हुने हुँदा व्यक्ति दुब्लाउँछ । त्यस्तै विभिन्न खाले रोग पनि दुब्लाउनुका कारण हुन सक्छन् । यद्यपि बढी मोटो हुनु राम्रोे होइन, तर उमेर र उचाइअनुसार जिउ ठिक्क मोटोघाटो भने हुनुपर्छ ।

त्यसैगरी, हर्मोनल रोगहरु जस्तै मधुमेह, थाइराइड, एडिसन डिजिज, श्वासप्रश्वासका बिरामी धेरै नै दुब्ला हुने गर्छन् । मुटु, हृदयाघात तथा डिप्रेशन बिरामी पनि दुब्लाउँदैं जान्छन् । इन्फेक्सन, क्षयरोग (टी.वी), एचआइभीरएड्स, क्यान्सर जस्ता रोग पनि दुब्लोपनाका कारक बन्छन् । क्यान्सरको प्रमुख लक्षण नै मानिसको तौल घट्दै जाने हो । क्यान्सर लागेमा क्यान्सर सेलले हर्मोन निकाल्छ । त्यसलाई प्यारान्यु प्लास्टिक सिन्ड्रोम भनिन्छ ।

यो हर्मोन तथा क्याटेक्सीनका कारण तौल घट्दै जान्छ । क्यान्सरका बिरामीको पाचन शक्ति पनि कम भएर जाने हुँदा अरुची पनि बढ्दै जान्छ । जसले गर्दा क्यान्सरका बिरामीहरू दुब्लाउँदै जान्छन् । थाइराइड हाइपो र हाइपर गरी दुई प्रकारका हुन्छन् । हाइपो थाइराइडका कारण बिरामी मोटाउँदै जान्छन् भने हाइपर थाइराइडमा दुब्लाउँदै जान्छन् ।

हाइपर थाइराइडमा हर्मोनका कारण बिरामी दुब्लाउदै जान्छन् । जसले मुटुको चाल तथा वेसल मेटावोलीक रेट बढाउने गर्छ । बच्चा समयभन्दा पहिला नै जन्मेको छ भने पनि दुब्लो हुन्छ । यसको वृद्धि विकास राम्रोसँग हुन सक्दैन । त्यस्ता बच्चामा पाचन शक्तिमा कमी हुन्छ भने जेनेटिक कारण पनि दुब्लो हुने हुन्छन् ।

बच्चाहरुलाई प्रशस्त मात्रामा पौष्टिक तत्वको कमी हुँदा दुब्लो हुनेगर्छन् । त्यसकारण बच्चाको वृद्धि विकासका लागि खानामा विशेष ध्यान दिनुपर्छ ।
यदि मानिस निरन्तर दुब्लाउँदै गएको छ या तौल घट्दै गएको छ भने एकपटक चिकित्सकसँग परामर्श गर्नुपर्छ । दुब्लायो भन्दैमा कति केजी तौल घटेमा त्यसलाई दुब्लायो भन्ने यो कुरा बुझ्न जरूरी छ ।

१८० दिनमा १० प्रतिशत तौल कम भएको छ भने एकपटक चिकित्सकसँग परामर्श लिनुपर्छ । किनभने तपाईलाई कुनै पनि किसिमको हर्मोनल रोगका कारण यस्तो भएको हुनसक्छ । खानाको अरुची या कुनै किसिमको रोगका कारणले हो, त्यसको निराकरण गर्नुपर्छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 283

प्रतिक्रिया (०)

सम्बन्धित खबर