Aamsanchar

सम्बन्ध यस्तो बनोस फेसबुक र पासवर्डको जस्तो 

Author Image
मङ्गलवार, फागुन ३, २०७३

हिमा रसाइली,……

माया , प्रेम , प्रणय खै के भनि पुकारौ अनि कसरी सूरु गरौँ यति ठुलो , गहिरो , आत्मिय अनि समर्पित भावको यो शब्दको बारेमा लेख्न ! थाहा छ मलाई यो शब्दको व्याख्या गर्न म सँग शब्द अपुग छन् तर विश्वास सगँै जोडिएर आउँछ यी अपुग शब्द सँग भाव अथाह छ भनी ।

यहि अथाह भाव बोकेको सून्दर शब्दले सु सजित प्रेम , माया अनि प्रणय जे भनि पुकार¥दा मात्र पनि मुटुको धड्कनले तिव्र वेग हान्ने यो शब्द सगैँ जोडिएर कहिले तिम्रो समिप हुन चाहे त्यो म स्वयमलाई थाहा छैन । कुनै बेला भाव देखाए होला तर व्यक्त गर्न कहाँ सकेर … हुन त थाहा छ मलाई तिमि पनि त्यहि अव्यक्त प्रेमको भुमरीमा रुमलिएको छौ भनेर…. आहा ! हाम्रो साथ उस्तै तर सम्बन्ध कुनै नामले प्रायोजित छैन । कत्ति मिठ्ठा कुरा । त्यो अव्यक्त माया गराई , त्यो घुकाई अनि बेला बेलाको फटाही सवै प्रिय लाग्छ । खुल्ला आखाँले सपना देख्नुको मज्जै बेग्लै छ ।
सायद यस्तै चाहना छ तपाईको पनि । त्यसैले त प्रेम शब्द उच्चारण गर्दा पनि बेग्लै अनुभुति हुन्छ । हुन त कत्तिले त प्रेम कल्पना मात्र हो पनि भनेका होलान् तर कल्पनामा मात्र सिमित कहाँ छर प्रेम । प्रेमले त अनेक बाधा व्यभधानलाई जितेर जिवन जिउनुको अर्थ दिन्छ , प्रेम त त्यो दृष्टी हो जसले सवै जात ,लिगं ,भाष ,धर्म अनि समुदायलाई प्रेमिल सम दृश्य देख्छ , त्यो मिठास हो जसले जो कोहिलाई जिउन रहर जगाउँँछ । होनी एक चोटि महसुुस गर्नु त यस्तै लाग्छ नि हैन र?
वसन्त क्रतुले भर्खैरै पाइला टेकेको यो मौसममा विशेषत युवा पुस्ताको महान पर्व भनेनी हुने माया गर्ने मनहरुको उत्सव प्रणय दिवशको अवसरमा नेपाल सहित विश्व नै प्रेममा नतमस्तक छ । प्रणय दिवशको सप्ताह मनाइरहदा यो मिठो आभाषले जिवन नै सुगन्धित बनाएको छ । जति पीडा भएनी ती तिखा काँडाको बिचमा ढकमक्क फुलेको गुलाब झै जिवन रंगीन भएको छ । हुनत प्रणय सँग कहिले पो दुर होर तर प्रणय दिवशमा सुनमा सुगन्ध फैलिए झै लागेको छ ।
मन हिड्न भन्दा नि उड्न चाहन्छ तिव्र वेगमा तिमिलाई भेट्न । माया गर्नेलाई सवै काल खण्ड प्रेमिल तर हुन सक्छ समय व्यस्तताले तपाई भित्रको प्रेम दविएको, प्रेम छदैछैन त कहाँ भन्न सक्छुर तर जति दवाए पनि प्रेम यो दिनमा दवाएर इसप्रिंग छोड्दा खुले झै खुलेर आउँछ । फ्रेब्रुवरी १४ तारिक अर्थात आजको दिनको कति धेरैलाई प्रतिक्षा थियो होला आफुले चाहेको ,माया गरेको व्यक्तिलाई प्रेम अभिव्यक्त गर्न अनि कत्तिलाई चाहना होला भित्रै देखि माया गरेको व्यक्तिबाट मन ,मुटुलाई स्पर्श गर्ने प्रेमका अनमोल शब्द सून्न…..
फेरि यर्थाथको अर्को पाटो पनि छ । यो प्रणय दिवशमा कत्तिलाई विगत सम्झेर पिडा नै नभएको पनि कहाँ छ होला र रु जोड्न मन लाग्यो मिठो प्रेमको तितो अनुभुतिको केहि प्रतिनिधि घट्नालाई । प्रेम त एउटा मन मुटु देखि अर्को चाहेको मन मुटुमा पुग्ने सागँु हो ।प्रेम अदृश्य छ भन्छन् तर जसले गर्छ उसले प्रष्ट देख्छ , महसुस गर्छ ,आफ्नो मान्छेको ख्याल गर्छ ,माया गर्छ अनि मायालाई हेर्ने चोर नजर बाट लुकाउने पनि गर्छ । प्रेमको यर्थाथ त यहि हो तर के गर्नु यस्ता पनि हुदा रहेछन भनेर भन्नु नपरे हुन्थ्यो नि तर भन्नै पर्यो ।

एक प्रेम प्रसंग छ उनले कत्ति धेरै माया गर्थिन् उसलाई । उसको लागी हरेक कुरा त्याग्न तयार थिइन् तर विडम्बना उनको त्यो चोखो मायामा उसले त धोकाको खेती गरेको रहेछ । अलिक समयको प्रेम सम्बन्ध पछि रहस्य खुल्यो कि साथीहरुलाई देखाउन अझ भनौ पुरुषत्व देखाउन प्रेमको नाटक गरेको रहेछ उसले । प्रेम रुपी फुल फुलाउने उनको त्यो चाहनाको विजमा नै उसले धमिरा लागाएको रहेछ । किन गर्छन यस्तो घात रु । जव थाहा भयो उनलाई संसार भासिए भै लागे पनि धन्न आफुलाई सम्भाल्न सकिन् । आखिर उनको त्यो कोमल हृदयमा किन चोट दिए रु ।

यस्ता धेरै छन् सत्य कथा प्रेमलाई मञ्च सम्झेर नाटक गर्नेहरुले दिएको । यस्तो नाटक गर्नेहरुले दिएको अर्को व्याथा जोड्छु । प्रेमको नाटक गरेर विभिन्न फोटो लिएर अश्लिलता फैलाएर मृत्यु अंगाल्न बाध्य बनाइएका घट्नाको पनि कमि छैन् । विश्वास गरेर आफ्नो तस्विर प्रेमि भनौदोलाई दिदाँको दुष्परिणाम मृत्यु अंगाल्नु परेकोे घट्नाहरुबाट तपाई हामीले बेखबर छैनौ । तपाई सोच्दै हुनुहुन्छ होला प्रेममा धोका दिनेमा पुलिंगलाई मात्र जोडिए भनेर । त्यसो होइन हतार नगर्नु न प्रसंग आउदैँ छ ।
उ विदेश गएको थियो । दुःख गरेर पैसा कमाउदै थिए । त्यो दुखमा साथ दिने खोज्दै थियो साथी । अनि ठ्याक्कै खोजेको भेटे झै पनि लाग्यो उनी सँग भेट्दा । उनी सँग उसको सामिप्यता बढ्दै गयो । उ विदेशमा उनी स्वदेशमा । फेसबुकमा भएको उनीहरुको भेटले विस्तारै फोनमा कुरा बढ्दै गयो । मायाको टुसा पलायो । विदेशमा एक्लो बनेको उनलाई उनको मायामा सवै सगै भयो जस्तो लाग्यो । विस्तारै विश्वासले आफ्ने सम्झेर उनीलाई पैसा सम्म पठाउन थाल्यो उसले ,निरन्तर पठाई रह्यो । सवै सुम्पीयो उसले मन मुटु अनि धन ।

करिव ३ बर्षको विदेश बसाईको अधिक पैसा उनीलाई नै पठाए अव घर आउने अनि उनीलाई बेहुली बनाएर भित्राउने सुन्दर सपना बुन्दै स्वदेश फर्किए तर उनको त्यो सपना सिसा झै नजोडिने गरी तव फुटे जव उसलाई आफुले सर्वश्व ठानेकी उनीले अर्कै सगँँ विहे गरेको थाहा पाए । उनी विक्षिप्त बने प्रेमको नाटक गर्नेको कटपुतलीको हुदाँको व्याथा सहिसक्नु थिएन कसरि सहन पनि सक्नु आखिर मन धन सवै दिएका थिए केहि थिएन साथमा ।
प्रेम जस्तो पवित्र सम्बन्धलाई कलंक बनाउनेहरुद्धरा सृजित यी र यस्ता धेरै घट्ना छन् । जसले प्रेम प्रतिको विश्वास टुटाउने दुःसहास गरेको छ । तर सत्यबादिले आफुलाई सम्भाल्नु जरुरी छ । किनकि प्रेम विश्वासघात गर्नेहरुको होइन । प्रेममा गर्न खोजिएका जालसाजले प्रेम प्रतिको विश्वास टुटाउनेहरुका लागी सच्चा प्रेम ,त्याग अनि सर्मपण र प्रेरक व्यक्तित्वको पहिचान बन्नु पर्छ । आखिर तपाई हामी प्रेम पुजारी हौ त्यसैले त प्रेमको लागी बलिदान दिने रोम साम्रराज्यका पादरी सेन्ट भ्यालेनटाइनको सम्झनामा आफ्नो प्रेम पुज्छौ ।

भ्यालेनटाइन जसले शासकहरुको प्रेम प्रतिको गलत भ्रमलाई चिरेका थिए । तर ति शोषक शाषकले कहाँ प्रेम बुझ्थे र त्यहि नबुझेरै त प्रेमका समर्थक सेन्ट भ्यालेनटाइनलाई सन दुई सय सत्तरीमा मृत्यु दण्ड दिइएको थियो । उनै ति महान प्रेम देवतालाई आज पनि उत्तिकै मान्छौ ,उत्तिकै सद्धा गर्छौ जसरी आफ्नो प्रेम प्रति गर्छौ ।
यो विशेष दिन बाट कत्तिले आफ्नो प्रेम यात्राको सुरुवात गर्दै हुनुहुन्छ होला ,कत्तिले आफ्नो प्रेम यात्राको बर्ष गाठँ मनाउदै हुनुहुन्छ होला । तपाईले जे गर्दै हुनुहुन्छ प्रेमकै पक्षमा गर्दै हुनुहुन्छ । अनि पिडाले ढाकेको अध्याँरो पलमा पनि प्रेमको दियो जलाउनु हुने छ । विज्ञान र प्रविधिको विकासले उत्कर्ष लिएको २१औ शताब्दीका हामी आफ्ना माया ,प्रेम दर्शाउन पहिला जस्तो महिनौ कुरनु पर्दैन । त्यसैले त हामी भाग्यामानी छौ भौतिक रुपमा टाढा भएपनि प्रविधिले नजिकियाउछ तर यो प्रविधिको दुरुपयोग नगरौ । थाहा छ ,हामी उदारतका साथ प्रेम गछौँ तर उदारताका नाममा उदांगो नबनौँ ।
रोपिएको मायाको विज हु¥काउन ,फुलाउन अनि फक्राउन अनन्त माया गरौ बस् विश्वासका साथ सम्बन्ध निभाउ । चाहिदैन बनावटी बाचा कसम तर माया छ व्यक्त गरौ फेरि ढिला होला ,ढिला होला भन्ने सुरमा हतार पनि नगरौ ,जवरजस्ती नगरौ ,अघि बढ्न प्रेरित गरौ, बुझेर अघि बढौ प्रेमको निस्वार्थतालाई , विश्वासलाई उचाईमा पु¥याउन तपाई हाम्रै हात छ । ाभदज्ञद्ध जस्तै सधै दिन विशेष बनुन् ।

कम्प्युटरको युग छ इन्टरनेट हाम्रो पर्याय बनेको छ । सम्बन्ध यस्तो बनोस फेसबुक र पासवर्डको जस्तो निकटता रहोस् जहाँ अस्तित्व एक अर्कामा अडिग छ । प्रेमिल सम्बन्ध देखेर युग युगान्तर सम्म अटल छापले क्लिक गरोस् अनि कमेन्टमा भन्न मन लागोस् आहा ! यो युगको सफल अनि सुखद जोडि बधाई छ तपाईलाई प्रणयरुपी अवार्डको लागि । अनि त्यहि जोडि देखेर फलअरस बढुन् ताकी सवै जोडी त्यस्तै सफल बनुन् अन्तर हृदयबाट feb. 14 अर्थात् भ्यालेनटाइन डे को शुभकामना , साथ , सद्भाव अनि अटल प्रेम अटुट् रहोस्……………..

[email protected].

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 364

प्रतिक्रिया (०)

सम्बन्धित खबर