Aamsanchar

औषधि ब्यवसायीहरुको चेत कहिले खुल्ने ?

Author Image
शुक्रवार, फागुन ६, २०७३

सुरेश खतिवडा,………….

अहिले सामाजिक सञ्जालका भित्ताहरु पत्रकार महासंघ र नेपाल औषधि ब्यवसायीसंघ मेचीको अधिवेशनसंग जोडिएका पोष्टहरुले भरिएको छ भने राजनीतिक दलका भातृ संगठनहरु आफ्नो माउपार्टीलाई बलियो बनाउन आफ्नो क्याम्पसहरुमा अस्तित्व चुनावी प्रक्रियाद्वारा नै स्थापित गराउन होडमा छन् । समग्रमा भन्ने हो भने यी सबै प्रक्रियाहरु उनीहरु आआफ्नै लागि उत्सव र महोत्सव नै बनेका छन् ।
अन्य विषयलाई छाडेर औषधि व्यसायीहरुको अधिवेशनलाई हेर्ने हो हाम्रा लागि यो गत साल भन्दा फरक र पृथक रुपमा सम्पन्न हुन गइरहेको छ । उम्मेद्धारहरुलाई आफ्ना लागी मत जुटाउन प्रसस्त समय प्राप्त गरेका थिए भने यो चुनावी दौड धुप अन्तिम चरणमा पुगेको छ ।

औषधि तथा औषधिजन्य पदार्थहरुको विक्री वितरण गर्ने वा व्यवसाय गर्नेहरुको संगठनका रुपमा वि.स. २०३० सालमा स्थापित औषधि व्यवसायी संघको मेची शाखा संस्थापक अध्यक्षका रुपमा दमकका व्यवसायी एवम् समाजसेवी देवराज गुप्ताले स्थापना गरे पश्चात भएको हो । व्यवसायीहरुको सुम्म प्रकृतिका पीडा, हकहित र व्यवसाय संरक्षणका जस्तो पक्षहरुमा आफ्नो सकारात्मक भूमिका रहने विद्यान सहित स्थापित यो संस्थाले यही फागुन ७ गते ११औं अधिवेशन भव्य र सभ्य रुपमा सम्पन्न गर्दैछ ।

करिब ८० प्रतिशत खुद्रा औषधि व्यवसायीहरु र २० प्रतिशत थोक व्यवसायीको बाहुल्य रहेको यस मेची शाखामा जम्मा ४२२ ले मतदान गर्दैछन् । सबै प्रकारका औषधि व्यवसायीहरु आयुर्वेद, होमियोप्याथिक तथा एलोपेथिक ब्यवसायीहरु आ–आफ्नो पेशा संरक्षण गर्न सक्ने व्यवसायीलाई प्रत्यक्ष रुपमा मत दिएर नेतृत्वमा लैजाँदैछन् ।

हामी औषधि व्यवसायीहरुले आफ्नो समस्याहरुलाई आफैले बुझ्ने बेला आएको छ । चुनाव यस्तो एक कडी हो जसले आफ्ना हकहितका पक्षमा बोल्ने, बोल्न लगाउने र नीति नियम परिमार्जनका निमित्त लड्ने र लड्न लगाउनेलाई नै अगाडि बढ्न ऊर्जा प्रदान गर्दछ । औषधि व्यवसायीहरुले मेरा हिजोका समस्या के थिए मैले संघमार्फत आफ्ना अप्ठ्यारामा के सहयोग प्राप्त गरे, मेरा लागि सहज हुने नीति निर्माणका लागि पूर्व पदाधिकारीहरुको कस्तो कसरत रह्यो, हालै भएका अनुगमन तथा निरीक्षणमा समस्या पर्दा सहजीकरणमा संघका पदासिन सदस्यहरुको के कस्तो प्रत्यक्ष भूमिका रह्यो ।

खुद्रा व्यवसायीहरु त्यस बखत बढी प्रताडित भए की थोक औषधि व्यवसायीहरु बढी मर्कामा परेका थिए । त्यसलाई स्वयम् व्यसायीले निडर र दोधार नभईकन निर्णयमा पुग्ने बेला आएको छ । सबै औषधि व्यवसायीहरु एक हौं,सबैको एकै भावना छ त्यसैले त हामी संगठित छौं भन्ने हाम्रो साझा नारालाई आत्मसात गर्दै हामी बहुमत सदस्यले कसैको बहकाउमा नलागिकन निर्णयमा पुग्नुपर्दछ ।

हामी आफै सक्षम छौं, पूर्जा पढ्न सक्छौं, त्यसै अनुसार औषधि काटेर परामर्श समेत दिन सक्दछौं, दर्ता गरेका छौं,कानूनी रुपमा पक्का छौं भने आफ्नो पक्षमा नीति निर्माण गनर्, शाखामा अनि केन्द्रमा आफ्ना सवल र सक्षम नेतृत्व पु¥याउन हामी किन चुकिरहेका छौं ? कतै हामी बाहिर एउटा कुरा अनि भित्रबाट अर्कैै निर्णयमा पुग्ने बानीको विकास आफैबाट गरिरहेका त छैनौ ? कतै टेबलमा उब्जाइएको भ्रमपूर्ण त्रासबाट हामी विचलित त भइरहेका छैनौं ? कतै हामी आफ्नो अस्तित्व नै कुनै एक तत्वको हावीका कारण गुमाउने स्तरमा त पुग्न लागेका छैनौं ? हामीले सोच्ने बेला आएको छ । यहाँ आफू निर्णयमा पुग्न आफैलाई असक्षम ठान्ने अनि दोष सिंगो संघ र संगठनलाई थुपार्ने परिपाटीको अन्त्य स्वयम् औषधि व्यवसायीहरुले नै गर्नुपर्दछ ।

व्यवसायी र धनीबीचको समस्या, किल्निकको स्तरीकरण वा ग्रेडिङका मुद्दाहरु, कालो बजारी, मुल्यको अनेकता, थोक ब्यवसायीहरुलाई औषधि वितरणमा समस्या, औषधि सम्बन्धी मुद्दाहरु,औषधि पसल खुलेपछि बन्द नहुञ्ज्ेल खाना खान र दिसापिसाब समेत गर्न जाँदा बन्दै गरेर जानुपर्ने बाध्यता, ब्यवसायीले जानेका स्वास्थ्य परामर्श दिन समेत बन्देज जस्ता सुक्ष्म र नदेखिने समस्याहरुलाई थाँती राखेर संघको पदमा मात्र लुप्त हुनेलाई हामीले चयन गर्दा उचित हुन्छ या आफै भुक्त योगी भएर त्यसलाई निराकरणका निमित्त पदमा जान्छु भन्ने जागरुक पदाधिकारीहरुलाई ? त्यसको लागि आफ्नो चेतना र विवेकको परीक्षणको क्षण भोली फागुन ७ गते सम्पन्न हुन गईरहेको औषधि व्यवसायीहरुको चुनावी सभा नै हो भन्न सकिन्छ । संघको मूल मर्म भनेको व्यवसायिक कठिनाईहरु लाई सहजीकरण गर्नु हो भन्ने बुझेका र बुझ्नेलाई नेतृत्व तहमा पुर्याउनु हाम्रो भूमिका हुनु नै पर्दछ नकि डर, त्रास र बहकाउमा ।

समय परिवर्तनशिल छ आज भन्दा तीन बर्ष अगाडिको हाम्रो चेतनाको स्तर र अहिलेको सुझबुझ पक्कै पनि परिवर्तन भएको हुनुपर्दछ र हुन जरुरी छ । यस अवधिका घटनाक्रमहरुले हामीलाई पक्कै पनि चेत खुलाएको र पाठ सिकाएको हुनुपर्दछ । विरलै हुने गरेका प्रलोभन र बहकाउमा परेर लिइएका घट्कीहरु र होटलमा लिईएका गाँसहरुले हाम्रो आत्मको निर्णयलाई परिवर्तन नगरोस् । सहि र नेतृत्व गर्न सक्ने जिम्मेवार ब्यक्ति छनोटमा त्यसले आफ्नो हात नकमाओस् । सिंगो संघको गरिमा उच्च राख्न सबल, सुक्षम र सहयोगी पात्र छनौटमा परोस् न कि पाटी, सेमीनार र भ्रमण केन्द्रित ।
[email protected]

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 196

प्रतिक्रिया (०)

सम्बन्धित खबर