Aamsanchar

एमयूएससीएन फुटसल प्रतियोगिता

Author Image
शनिवार, फागुन ७, २०७३

बिर्तामोड।

म्यानचेस्टर युनाइटेड सपोर्टस् क्लब नेपालको आयोजनामा ‘एमयूएससीएन फुटसल–२०७३’ प्रतियोगिता सम्पन्न भएको छ ।
प्रजातन्त्र दिवसको अवसर पारेर आयोजित उक्त प्रतियोगिताको विजेता इटहरीको टिम गिग्सी र उपविजेता सैनिकमोडकोटिम बाज्जा भएका थिए । त्यस्तै प्रतियोगितामा बेस्ट प्लेयर दिशान्त भट्टराई, सर्वाधिक गोलकर्ता बबिन बोहोरा घोषित भएका थिए ।
प्रतियोगितामा चार वटा टिमको सहभागिता रहेको थियो । सोही कार्यक्रमकाबीच म्यानचेस्टर युनाइटेड हाजिरीजवाफ प्रतियोगिता समेत सम्पन्न भएको थियो । प्रतियोगिताको विजेता संजोग कार्की भएका थिए ।
प्रतियोगिताका विजेताहरुलाई प्रमाणपत्र तथा ट्रफी र गिफ्ट ह्याम्पर प्रदान गरिएको कार्यक्रम संयोजक अर्जुन सुनुवारले जानकारी दिए । विश्व प्रशिद्ध फुटबल टिम म्यानचेस्टर युनाइटेड फुटबल क्लबको समर्थनमा उक्त प्रतियोगिता आयोजना गरिएको राज मुखियाले जानकारी दिए । सहभागी टिमहरु टिम बाज्जा, टिम क्यान्टोना, टिम गिग्सी, टिम बबी रहेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 191

प्रतिक्रिया (०)

सम्बन्धित खबर