Aamsanchar

वैशाखभित्रै निर्वाचन सम्पन्न गर्नुपर्ने काँग्रेसको माग

Author Image
आइतवार, फागुन ८, २०७३

काठमाडौँ ।

व्यवस्थापिका–संसदको ठूलो दल नेपाली काँग्रेसले आगामी वैशाखभित्रै स्थानीय तहको निर्वाचन सम्पन्न गर्नुपर्ने माग गरेको छ ।

काँग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा आज बसेको पार्टीका शीर्ष नेता एवम् पार्टीबाट प्रतिनिधित्व गर्ने मन्त्रीसम्मिलित बैठकले वैशाखभित्रै निर्वाचन सम्पन्न गर्नुपर्ने निर्णय गरेको छ ।
बैठकले सबै दलसँगको सहमतिमा तत्काल निर्वाचन घोषणा गर्न सरकारसँग माग गरेको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । कुनै पनि बहानामा निर्वाचन सार्न वा वैशाख महिना नाघ्न नहुने निर्णय गर्दै बैठकले आवश्यक कानुन बनिसकेको अवस्थामा स्थानीय तहको नै निर्वाचन हुनुपर्ने निष्कर्ष निकालेको उहाँले बताउनुभयो ।

आजै बिहान काँग्रेस र नेकपा (माओवादी केन्द्र) का शिर्ष नेताबीच भएको बैठकले भोलि सोमबार निर्वाचनको मिति घोषणा गर्ने सहमति गरेको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 107

प्रतिक्रिया (०)

सम्बन्धित खबर