Aamsanchar

सूर्तिजन्य पदार्थको सेवन र आधुनिक जीवनशैलीका कारण क्यान्सर रोगी बढ्दै

Author Image
आइतवार, फागुन ८, २०७३

काठमाडौँ।

सूर्तिजन्य पदार्थको सेवन तथा आधुनिक जीवनशैलीका कारण नेपालमा बर्सेनि क्यान्सर तथा मुटु रोगी बढ्दै गएको यहाँ आज आयोजित कार्यक्रमका वक्ताहरूले बताउनुभएको छ ।

क्यान्सर काउन्सिल नेपालको आयोजनामा सेन्टजेभियर्स कलेजले आज यहाँ आयोजना गरेको वातावरणीय प्रभाव, धुम्रपानको नकारात्मक असर, क्यान्सर तथा मुटु रोगको बारेमा जनचेतनामूलक कार्यक्रमका वक्ताहरूले सो धारणा व्यक्त गर्नुभएको हो ।

कार्यक्रममा वीर अस्पतालका क्यान्सर रोग विशेषज्ञ प्रा डा विष्णुदत्त पौडेलले नेपालमा सूर्तिजन्य पदार्थको कारण र आधुनिक तरिकाको जीवनशैलीले गर्दा दिन प्रतिदिन क्यान्सर तथा मुटु रोगीहरूको सङ्ख्या बढ्दै गइरहेको बताउनुभयो ।

जनचेतनाको अभाव र स्वास्थ्य सेवाको अभावमा प्रत्येक वर्ष २० हजारभन्दा बढी क्यान्सर रोगीहरू रोगको पहिचानै नभई मर्ने गरेको उहाँको भनाइ छ ।

उहाँका अनुसार जनचेतनामूलक कार्यक्रममार्फत क्यान्सर तथा मुटु रोगीको सङ्ख्या कम गराई स्वस्थ समाज निर्माणका लागि अति नै उपयोगी हुने प्रष्ट पार्नुभयो ।

क्यान्सर काउन्सिल नेपालका अध्यक्ष रुद्र्रलाल कडरियाले नेपालमा ३४ हजारभन्दा बढी मानिस लागुपदार्थको कुलतमा फसेको बताउनुभयो । सुरुको अवस्थामा युवाहरू सूर्तिजन्य पदार्थको प्रयोग गरेतापनि कालान्तरमा लागुपदार्थको सेवनमा फस्ने गरेको उहाँले जानकारी दिनुभयो ।

सेन्टजेभियर कलेजका कोअर्डिनेटर गजेन्द्र चन्दका अनुसार यस्ता जनचेतनामूलक कार्यक्रम अति नै उपयोगी रहेको र क्यान्सर काउन्सिल नेपालले जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेर विद्यार्थीहरूलाई सूर्तिजन्य पदार्थबाट जोगाउन गरेको प्रयासलाई प्रशंसा गर्नुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 93

प्रतिक्रिया (०)

सम्बन्धित खबर