Aamsanchar

राप्रपा अध्यक्षमा कलम थापाविरुद्ध प्रदिपविक्रमको उम्मेदवारी

Author Image
आइतवार, फागुन ८, २०७३

काठमडौं ।

राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षका लागि कमल थापा र प्रदिपविक्रम राणाको उम्मेदवारी परेको छ । अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका डा. प्रकाशचन्द्र लोहनीले भने अन्तिममा मैदान छाडेका छन् ।

शीर्ष चार नेताबीच थापालाई नै अध्यक्ष बनाउने सहमति गरेको मसी सुक्न नपाउँदै लोहनीले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका थिए । तर, उनी टिक्न सकेनन् ।

यससँगै थापा सर्बसम्मत अध्यक्ष बन्ने अपेक्षा गरिएको थियो । तर, राणाको उम्मेदवारी परेको छ । काठमाडौं ७ का क्षेत्रीय सभापति प्रदिपविक्रमले लोहनी निकट हुन् ।

प्रदिप विक्रमलाई उम्मेदवारी फिर्ता गराउने र थापालाई सर्बसम्मत बनाउने प्रयास आइतबार असफल भएको छ । जसका कारण उम्मेदवारको अन्तिम नामावली प्रकाशन सोमबार विहानसम्म लम्ब्याइएको छ ।

भोलि विहान दाबी विरोधको प्रक्रिया पुरा गर्ने र दिउँसो मतदान हुने सहप्रवक्ता मोहन श्रेष्ठले बताए । कुल ९८ पदका लागि ३६३ जनाको उम्मेदवारी परेको छ । राप्रपाको १ सय ६३ सदस्यीय केन्द्रीय समितिमा ६५ प्रतिशत सदस्य निर्वाचित र ३५ प्रतिशत मनोनय गरिने छ । निर्वाचित सदस्यबाटै पदाधिकारी नियुक्त गरिनेछ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 106

प्रतिक्रिया (०)

सम्बन्धित खबर