Aamsanchar

दशैं टिका बहिष्कार गर्ने कम्युनिष्ट प्रधानमन्त्री पूराण उद्घाटन गर्न गएपछि…

Author Image
आइतवार, फागुन ८, २०७३

काठमाडौं ।

कम्युनिष्ट प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ हेलिकप्टर चार्टर गरेरै सप्ताह पुराणको उद्घाटन गर्न गएपछि आलोचना सुरु भएको छ ।

हिन्दू धर्मालम्बीको ठूलो चाँड दशैंमा टिका बहिष्कार गरेर परिवर्तनकारी अर्थात खाटी कम्युनिष्ट हुँ भन्ने देखाएका प्रचण्ड आइतबार भने सिराहामा आयोजना गरिएको सप्ताह पुराणको उदघाटनमा गएपछि उनको आलोचना सुरु भएको हो ।

सर्वसाधारणदेखि विपक्षी दलका नेतासम्मले उनको आलोचना गरेका छन् । सर्वसाधारणले विरामी एम्बुलेन्स नपाइरहेको देशका प्रधानमन्त्री हेलिकप्टरमा सयर गरेको भन्दै आलोचना गरिरहेका छन् भने विपक्षी कम्युनिष्ट नेता दशैं टिका बहिष्कार गर्ने अनि पूराण उद्घाटन दौडेर जाने भन्दै प्रश्न गरिरहेका छन् ।

एमाले स्थायी समिति सदस्य एवं पूर्वमन्त्री शंकर पोखरेलले दशैंको टिका बहिष्कार गर्ने प्रधानमन्त्री हेलिकप्टर चार्टर गरेरै सप्ताह पूराण उद्घाटन गर्न गएको कुरामा विश्वास गर्नै नसकिएको बताए । ‘दशैं टिका बहिष्कार गर्ने प्रधानमन्त्री प्रचण्डजी पूराणमा जानुभयो रे! मलाई त विश्वासै गर्न गाह्रो भो,’ पोखरेलले भने ।

उसो त ८ महिनाअघि प्रधानमन्त्री पदको कार्यभार सम्हाल्दै अबदेखि रिबन काट्ने काममा जान्न भनेर प्रतिवद्धता जनाएका थिए प्रचण्डले । तर, यो प्रतिबद्धता मुखमै सिमित भयो । कार्यान्वयनमा आएन । समय कटाउन प्रधानमन्त्री पद सम्हालेको जसरी प्रचण्ड कहिले रोल्पा, कहिले रुकुम त कहिले सिरहा गरी कार्यक्रम उद्घाटनमै व्यस्त रहे । यो सिलसिला अझै चलिरहेको छ ।

पूराण उद्घाटन गरेर सिराहाबाट फर्किेएका प्रधानमन्त्री प्रचण्डले आजै सोल्टी होटलमा आयोजना गरिएको पूर्वाधारसम्बन्धी अर्को एउटा कार्यक्रमको पनि उदघाटनमा गरेका थिए ।

काम कुरो एकातिर, कुम्लो बोकी ठिमीतिर

पछिल्लो समय प्रधानमन्त्री प्रचण्ड महत्वपूर्ण कामहरुमा भन्दा पनि घुमघाम र उद्घाटनमा रमाउन थालेका छन् । शुक्रबार प्रचण्ड हेलिकोप्टर चढेर रोल्पा महोत्सवमा पुगेका थिए ।

संविधान कार्यान्वयनका लागि चुनावको तयारीका लागि अहोरात्र खटिनुपर्नेमा प्रधानमन्त्रीले राजनीतिक सम्वाद एवं दैनिक कामहरु गर्नुभन्दा पनि जिल्ला महोत्सवदेखि पुराण उदघाटनसम्म समय खर्च गर्ने क्रम अरु बढेको छ ।दैनिक नेपाल

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 236

प्रतिक्रिया (०)

सम्बन्धित खबर