Aamsanchar

विस्थापितलाई झापाली समाज कुवेतको राहत

Author Image
आइतवार, फागुन ८, २०७३

दमक ।

झापाली समाज कुवेतले आज झापाको शिवसतासी नगरपालिका–९ स्थित कन्काई नदीबाट विस्थापित परिवारलाई राहत सामग्री सहयोग प्रदान गरेको छ ।

गएको साउनमा कन्काई नदीमा आएको बाढीको कटानबाट पूर्णरुपमा विस्थापित बनेका त्यस क्षेत्रका सात घरपरिवारका २५ जनालाई खाद्यान्नसहित लत्ताकपडा उपलब्ध गराएको हो ।

समाजले करिब रु ५० हजार मूल्य बराबरको खाद्यान्यसहित अन्य राहत सामग्री वितरण गरेको हो । विस्थापित परिवारलाई ३२५ किलो चामल, ३९ किलो भुजा, ३३ लिटर खानेतेल, ३३ किलो चिनी ३३ किलो नुनसहित १३ थान झुल, स्टेशनरी तथा एक थान ट्युबवेलसहित नगद रु पाँच हजार हस्तान्तरण गरेको छ ।

ती राहत सामग्री समाजका अध्यक्ष काशी लामा, सदस्य सन्तकुमार अधिकारी, पूर्वसल्लाहकार शिव लिम्बू, धरमपुर गाविसका पूर्वअध्यक्ष होम गौतम लगायतले हस्तान्तरण गर्नुभयो ।

आफ्नो सम्पूर्ण जमिनसहित भौतिक संरचनासमेत नष्ट भएपछि अहिले खाद्यान्नको चर्को समस्या झेल्दै आउनुपरेको पीडित तुलसी तिम्सिनाले गुनासो गर्नुभयो । पीडित हाल कन्काई सिँचाइ आयोजनाको जमिनमा अस्थायी रुपमा बसोबास गर्दै आएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 143

प्रतिक्रिया (०)

सम्बन्धित खबर