Aamsanchar

धनकुटामा २५ करोडको सुन्तला उत्पादन

Author Image
सोमवार, फागुन ९, २०७३

धनकुटा ।

धनकुटामा यस वर्ष करिब २५ करोड रुपैयाँ बराबरको सुन्तला उत्पादन भएको छ ।

यो उत्पादन गत वर्षभन्दा करिब १५ प्रतिशतले बढी हो । गतवर्ष २२ करोड रुपैयाँ बराबरको मात्र सुन्तला उत्पादन भएको थियो । ७ सय ७५ हेक्टरमा गरिएको खेतीबाट ३ हजार ७ सय ७० मेट्रिक टन सुन्तला उत्पादन भएको हो ।

रोग किराको कम प्रकोप र मौसम अनुकूल भएकाले धनकुटा नगरपालिका, खोकु, छिन्ताङ, मौनावुधुकलगायतका क्षेत्रमा बढी सुन्तला फलेको जिल्ला कृषि विकास कार्यालयका प्रमुख भरतप्रसाद विडारीले जानकारी दिए । उत्पादित सुन्तला धरान, इटहरी, विराटनगर, काठमाडौं तथा भारतसम्म निर्यात भएको कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 136

प्रतिक्रिया (०)

सम्बन्धित खबर