Aamsanchar

पत्रकार महासंघ झापाको नेतृत्व चयनका लागि आज मतदान

Author Image
सोमवार, फागुन ९, २०७३

दमक :

नेपाल पत्रकार महासंघ झापा शाखाको १२ औँ अधिवेशनमा ५१ हजार राशीको मोती पत्रकारिता पुरस्कार अग्रज पत्रकार तथा नेपाल पत्रकार महासंघ झापा शाखाका संस्थापक महासचिव चन्द्र भण्डारीलाई प्रदान गरिएको छ।

यस्तै २०५८ स्थापित १५ हजार राशीको केटो पत्रकारिता पुरस्कार पत्रकार डिकेश लामालाई प्रदान गरिएको छ। उनीहरुलाई सोमबार झापाको विर्तामोडमा भएको महासंघको १२ औँ अधिवेशनमा नेपाल पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र विष्टले सम्मान गरेका हुन्।

यस्तै झापाली पत्रकारिताको विकासमा योगदान पुर्‍याउने अग्रज पत्रकारहरु नकुल काजी, गिविन्दचन्द्र क्षेत्री, गञ्जबहादुर दाहाल, अमृतलाल श्रेष्ठलाई समेत दीर्घ सेवा सम्मान गरिएको छ। यस्तै महासंघ झापाको आगामी नयाँ नेतृत्वका लागि सोमबार दिउँसोदेखि मतदान भएको छ।

महासंघको आगामी नेतृत्वका लागि प्रेस युनियन, प्रेस सेन्टर, संघीय प्रेस फोरम लगायत विभिन्न दश संगठनका तर्फबाट तारामणि सापकोटा र प्रेस चौतारीका तर्फबाट गोपाल काफ्ले चुनावी मौदानमा उत्रिएका छन्। पत्रकार महासंघ झापामा २७८ जना पत्रकारहरु आवद्ध रहेका छन्। मत गणना सोमबार साँझ हुने निर्वाचन समितिले जनाएको छ।थाहाखबरबाट

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 130

प्रतिक्रिया (०)

सम्बन्धित खबर