Aamsanchar

फागुन १३ गतेदेखि १० शहरमा महजोडीको प्रदर्शन

Author Image
सोमवार, फागुन ९, २०७३

काठमाडौं :

हास्य कलाकारहरु मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले फागुन १३ गतेबाट २५ गतेसम्म देशका मुख्य मुख्य १० सहरमा प्रहसन दिने भएका छन्।

होटल एशोसिएसन अफ नेपालले सोमबार पत्रकार सम्मेलन गरी नेपालको आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ देशका मुख्य मुख्य १० सहरमा मह यात्रा–२०७३ आयोजना गर्न लागिएको जानकारी गराएको हो।

मह यात्राको सुरुवातको मेला भने पर्यटकीय सहर पोखराबाट सुरु हुनेछ। १४ गते भैरहवा, १६ गते धनगढी, १७ गते महेन्द्रनगर, १८ गते नेपालगंज, १९ गते बुटवल, २० गते सौराहा, २२ गते विराटनगर, २३ गते बिर्तामोड र २४ गते धरानमा मह यात्रा मेला आयोजना हुने संघले जनाएको छ।

मेलामा उठेको रकम सम्बन्धित क्षेत्रकै उद्यम, सीपमूलक तालिम, विभिन्न विद्यालय तहमा छात्रवृत्ति उपलब्ध गराउन खर्च गरिने संघले जानकारी दिएको छ। मह यात्रामा महजोडीसहित हास्य कलाकारहरु नरेन्द्र कंसाकार, किरण केसी, शिवहरि पौडेल, राजाराम पौडेललगायत सहभागी हुने संघद्वारा सोमबार जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 127

प्रतिक्रिया (०)

सम्बन्धित खबर