Aamsanchar

राप्रपा अध्यक्षमा कमल थापा निर्वाचित

Author Image
सोमवार, फागुन ९, २०७३

काठमाडौं :

व्यवस्थापिका ससद्को चौथो दल राष्ट्रिय प्रजतन्त्र पार्टीको अध्यक्षमा कमल थापा निर्वाचित भएका छन् ।

सोमबार साँझ गरिएको मतगणना अनुसार थापाले २८०४ मत प्रप्त गरे। उनका एक मात्र प्रत्यसी प्रदिपबिक्रम राणाले २५१ मत ल्याएका छन्। विद्युतीय मेसिनमार्फत् भएको मतदनामा कुल ३१३६ मत खसेको थियो। ८१ मत भने बदर भएको राप्रपाका नेता मोहन श्रेष्ठले अन्नपूर्ण अनलाइनलाई जानकारी दिए।

निर्वाचित भए लगत्तै थापाले सम्बोधन गर्दै राप्रपालाई देशको अग्रणी शक्ति बनाउने घोषणा गरेका छन् । ‘राप्रपालाई देशकै अग्रणी शक्ति बनाउने घोषणा गर्दछु’ थापाले भने, ‘सबैलाई मिलाएर देशमा देखिएको राजनीतिक संकट समाधानका लागि पहल गर्ने विश्वास दिलाउन चाहन्छु ।’

थापाले आफूलाई बहुमूल्य मत दिएर विजयी गराउने सबैलाई धन्यवाद समेत दिएका छन्।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 186

प्रतिक्रिया (०)

सम्बन्धित खबर