Aamsanchar

मिति घोषणा गर्दैमा ढुक्क हुनुहुदैन्–खनाल

Author Image
बिहिवार, फागुन १२, २०७३

झापा ।

नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले सरकारले निर्वाचनको मिति घोषणा गर्नु स्वागत योग्य काम भएपनि अझै निर्वाचन हुनेमा भने ढुक्क हुने अवस्था नरहेको बताएका छन् ।

प्रेस चौतारी नेपाल झापा अन्र्तगत पूर्व क्षेत्रीय कमिटीले आज विर्तामोडमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै वरिष्ठ नेता खनालले सरकारले निर्वाचनको मिति घोषणा गरेर संविधान संशोधनलाई जोड्ने काम गरिरहेकाले निर्वाचन हुनेमा आशंका ब्यक्त गरेका हुन् ।

वरिष्ठ नेता खनालले १९ वर्षदेखि स्थानीय तहको निर्वाचन हुन नसकेको भन्दै सरकारले निर्वाचनको मिति घोषणा गरेपछि जनतामा उत्साह जागेको बताएका छन् ।

प्रेस चौतारी पूर्व क्षेत्रीय कमिटीका अध्यक्ष पुष्प बरालको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव नरेन्द्र ढकालले गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 146

प्रतिक्रिया (०)

सम्बन्धित खबर