Aamsanchar

नेपालमा लगानी गर्न जापानीलाई मन्त्री जोशीको आग्रह

Author Image
शुक्रवार, फागुन १३, २०७३

काठमाडौँ।

जापान भ्रमणमा रहनुभएका उद्योगमन्त्री नवीन्द्रराज जोशीले जापानको सत्तारुढ दल लिबरल डेमोक्रेटिक पार्टीका महासचिव निकाइ तोसिहिरोसँग टोकियोमा भेटवार्ता गर्नुभएको छ ।

उहाँले त्यहाँका वातावरण राज्यमन्त्री इतो तादाहीसँग पनि द्विपक्षीय छलफल गर्नुभएको उद्योग मन्त्रालयले आज जनाएको छ । बिहीबार भएको मन्त्री जोशीसँगको दुवै भेटमा नेपालको विकासमा जापानको सहायोग परिचालनका विषयमा छलफल भएको उहाँका प्रेस सल्लाहकार प्रदीप चापागाईंले जानकारी दिनुभयो ।

मन्त्री जोशीले नेपालमा अब लगानीको वातावरण सुरु भएकाले लगानी गरेर फाइदा लिन जापानका लगानीकर्तासँग आग्रह गर्नुभएको थियो ।  उक्त भेटका क्रममा जापानी नेता एवम् मन्त्रीले नेपालमा वातावरणमैत्री विकास निर्माणमा सहयोग गर्न चाहेको बताउनुभएको थियो । त्यसैगरी उहाँहरुले नेपालमा फोहरमैला व्यवस्थापन, जडीबुटीजन्य उद्योग स्थापनामा जापानले लगानी गर्ने इच्छा व्यक्त गर्नुभएको थियो ।

सो अवसरमा उद्योगमन्त्री जोशीसँग उहाँहरुले यही फागुन १९ र २० गते नेपालमा गर्न लागिएको लगानी सम्मेलनमा भाग लिने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको थियो ।  सो अवसरमा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी, जापानका लागि नेपाली कार्यवाहक राजदूत कृष्णचन्द्र अर्याललगायतको उपस्थिति थियो

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 126

प्रतिक्रिया (०)

सम्बन्धित खबर