Aamsanchar

स्थानीय तहको निर्वाचनको मतपत्र जनक शिक्षाले छाप्ने

Author Image
शनिवार, फागुन १४, २०७३

काठमाडौँ।

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको मतपत्र जनक शिक्षा सामग्री केन्द्रमा छाप्ने भएको छ ।

आयोगका प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवलगायतका पदाधिकारीले आज केन्द्रको स्थलगत निरीक्षण गरि मतपत्र छपाइलगायतको कार्यका विषयमा छलफल गरेपछि उक्त निर्णय गरेको हो ।

आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले मतपत्र छपाईका लागि आवश्यक पर्ने जनशक्ति, प्रेसको अवस्था तथा अन्य प्राविधिक तथा सुरक्षात्मक हिसाबले पनि केन्द्र नै उपयुक्त रहेको निष्कर्षका आधारमा मतपत्र छपाइको कार्य केन्द्रले नै गर्ने निर्णय गरिएको बताउनु भयो ।

आयोग पदाधिकारीले केन्द्रको सम्पूर्ण अवस्था एवम् छपाइको सम्पूर्ण कार्यका बारेमा समेत चासो राखेको र केन्द्रका पदाधिकारीले आयोगले दिने सम्पूर्ण जिम्मेवारी समयमा नै निर्वाह गर्ने वचन दिएका थिए ।

विसं २०३६ सालको जनमत सङ्ग्रहदेखि हालसम्मका सबै निर्वाचनको मतपत्र केन्द्रले नै छाप्दै आएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 153

प्रतिक्रिया (०)

सम्बन्धित खबर