Aamsanchar

सलमान, शाहरुख र आमिरभन्दा अक्षयका फिल्म सफल

Author Image
आइतवार, फागुन १५, २०७३

झापा । 

बलिउडका तीन खान अर्थात् सलमान, शाहरुख र आमिर कैयौँ वर्षदेखि बक्स अफिसमा सफल हुँदै आएका छन् ।

भारतमा त के पनि चर्चा हुन्छ भने यी तीन खानलाई बक्स अफिसमा कसैले पनि भेट्टाउन सक्दैन । तर, कमाइको सन्दर्भमा यी तीनै खानलाई अभिनेता अक्षय कुमारले निकै पछाडि छोडिदिएका छन् । केही वर्षयता अक्षयका फिल्म अरू तीन खानका भन्दा बढी सफल छन् ।

अक्षयका चार फिल्म ‘एयरलिफ्ट’, ‘हाउसफुल ३’, ‘रुस्तम’ र ‘जोली एलएलबी २’ले १३ महिनामा एक सय करोडभन्दा धेरैको व्यापार गरे ।

सलमान र आमिरका फिल्म ‘प्रेमन रतन धन पायो’, ‘बजरंगी भाइजान’, ‘सुल्तान’ र ‘पिके’, ‘दंगल’ले क्रमशः दुई सय १० करोड, तीन सय २० करोड, तीन सय करोड र तीन सय ४० करोड, तीन सय ८७ करोड भारतीय रुपैयाँको व्यापार गरे ।

तर, यी फिल्मले कमाएको रकम र अक्षयका फिल्मले रिलिज भएपछि कमाएको रकमबीच समयको ठूलो अन्तर छ । यसको अर्थ अक्षयका फिल्मले वर्षभरमा जति व्यापार गरेका छन्, त्योभन्दा बढी व्यापार गर्न खानका फिल्मलाई एक वर्षभन्दा बढी लागेको छ । त्यसैले, अहिले बलिउडमा चर्चा चल्न थालेको छ– खानलाई अक्षयले पछारेका छन् । – एजेन्सी

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 120

प्रतिक्रिया (०)