Aamsanchar

रोग

Author Image
सोमवार, फागुन १६, २०७३

[सम्पदा रिजाल]

तिमी आएदेखी
आफ्नै अाँखाहरुले झुक्याए
र त
झुन्डिरह्यो तिम्रो प्रेमको मोतिबिन्दुमा
भेटको अन्तिम मुस्कान !
आफ्नै कानहरुले झुक्याए
र त
स्वत अनुबादित भैदिए
फ्याक्ट्रीका कर्कश आवाज तिम्रो लयमा
छालाले पनि झुक्यायो
र त
श्रृङखलाबद्द संवेग ओसारिरहे
स्नायुहरुले
तिम्रो स्पर्शको
आफ्नै नाकले झुक्यायो
र त
हावाले बोकिल्यायो
तिम्रो पर्फ्युमको गन्ध

रित्याएर पुराना यादहरुको ग्यालरी
तिम्रै यादहरु भर्न थालेदेखी
रोगी भएँ म!
सोचिरहन्छु
तिमी आएदेखी इन्द्रियहरु झुक्किए
तिमी गएर आफैंबाट झुक्किएँ भने के हाेला??

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 128

प्रतिक्रिया (०)