Aamsanchar

जनकपुरधाम लेखिनुपर्ने

Author Image
बिहिवार, फागुन १९, २०७३

जनकपुरधाम।

जनकपुरको सट्टा जनकपुरधाम अनिवार्य रूपमा लेख्न लगाउनका लागि सबै निकायमा परिपत्र पठाउन आग्रह गरिएको छ ।

प्राचीनकालदेखि नै जनकपुरधामको नामले प्रख्यात रहेकामा केही वर्षदेखि प्रशासनिक, व्यावसायिक, सरकारी र गैरसरकारी प्रतिष्ठान र विद्यालयले जनकपुर लेख्दै आएका कारण यसको पहिचानमाथि नै प्रहार भइरहेको जनाउँदै जिल्ला प्रशासन कार्यालयले सो आग्रह गरेको हो ।

विसं २०२३ भदौ १३ गते ‘नेपाल गजेट भाग–४, श्री ५ सरकारद्वारा प्रकाशित गृह पञ्चायत मन्त्रालय’को सूचनामा ‘जनकपुर नगर पञ्चायत क्षेत्रभित्रको इलाकालाई अब उपरान्त जनकपुरको सट्टा जनकपुरधाम नामकरण गर्ने’ भनी सर्वसाधारणलाई जानकारीसमेत गराइएको र त्यसपछि जनकपुरधाम लेखिँदै आएकामा केही वर्षदेखि सरकारी निकायबाट नै जनकपुर लेखनको क्रम बढेको र सोको नकारात्मक प्रभाव अन्य क्षेत्रमा परिरहेको प्रति ध्यानाकर्षण गराइएको छ ।

‘गौ संरक्षण मञ्च’ नामक संस्थाले आज जिल्ला प्रशासन कार्यालय धनुषालाई राजपत्रमा उल्लेख भएको सरकारी निर्णयलाई सबै निकायमा कार्यान्वयनका लागि ज्ञापनपत्रमार्फत आग्रह पनि गरेको छ । जनकपुर लेख्ने चलनले संस्कृति र संस्कार बिगार्ने कार्य भइरहेको जनाउँदै मञ्चका अध्यक्ष जगदीश महासेठले जनकपुरधामको संस्कृति रक्षाको पहल गर्न समेत आग्रह गर्नुभएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 176

प्रतिक्रिया (०)

सम्बन्धित खबर