Aamsanchar

सन्नी लियोनीको कण्डम विज्ञापनले हंगामा

Author Image
बिहिवार, फागुन १९, २०७३

मुम्बई ।

बलिउड अभिनेत्री एंव पूर्व पोर्नस्टार सन्नी लियोनीको कण्डम विज्ञापनले भारतमा हंगामा मच्चिएको छ । गोवाको एक संगठन ‘हिन्दू जनजागृति मञ्च’का महिला प्रकोष्ठ रणरागिणीले त उनको कण्डमको विज्ञापनलाई लिएर गोवा राज्य महिला आयोगमा उजुरी समेत हालेकी छन् ।

सन्नीले भर्खरै एक कण्डम विज्ञापनमा काम गरेकी छन् । यो विज्ञापन गोवाका सरकारी बसहरु र गाउँहरुमा प्रदर्शन भइरहेको छ । तर, ‘हिन्दू जनजागृति मञ्च’ले सार्वजनिक स्थानमा यस्तो विज्ञापन प्रसारण गर्दा महिलाहरुको बारेमा राम्रो सन्देश नदिने टिप्पणी गर्दै यसले महिलाको अपमान गरेको आरोप लगाएको छ ।

महिला आयोगले यो घटनालाई लिएर नोटिस जारी गरेको छ । राज्यका कयौ समाचारमा पत्रमा समेत सन्नीको यो विज्ञापन प्रकाशन र प्रशारण भएपछि विरोध सुरु भएको बताइएको छ ।

महिला अधिकारकर्मीले यो विज्ञापन तत्काल हटाउन समेत माग गरेका छन् । महिला आयोगकी अध्यक्ष विद्याले सम्बन्धीत निकायलाई पत्र पठाइएको भन्दै छिट्टै कारवाही हुने बताएकी छन् । दैनिक नेपाल

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 182

प्रतिक्रिया (०)