Aamsanchar

कसरी मृगौला जोगाउने ?

Author Image
बिहिवार, फागुन २६, २०७३

सुरेश खतिवडा ।

मृगौला हाम्रो शरीरको महत्वपूर्ण अंगहरु मध्येको एक हो । यो गाढा खैरो रंगको सीमी आकारको हुन्छ । पेटको पछाडिपट्टि भित्तामा मेरुदण्डको दुबैतिर कम्बरको भागमा एक÷एक वटा हुने गर्दछन् । यो ११ सेमी चौडाई ६ सेमी र मोटाई ३ सेमीको हुन्छ ।

यसको तौल करिब १३० देखि १५०ग्रामसम्मको हुन्छ । रक्तसञ्चार प्रक्रिया, पाचन प्रक्रिया तथा श्वासप्रश्वास प्रक्रियाका नियमित गतिविधिमा भाग लिने अंगहरु जस्तै निष्कासन प्रक्रियामा महत्वपूर्ण भूमिका खेल्ने अंगमा मृगौला पर्दछ । मृगौलाले दैनिक शरीरमा रहेको अनावश्यक पानी तथा अन्य जैविक तथा अजैविक पदार्थहरुलाई पिसाबको रुपमा बाहिर पाल्ने कार्य गर्दछ ।

दुबै मृगौलाले दैनिक करिब १ लिटरदेखि १८ सय मिलिटर सम्म छान्ने काम गरी निष्काशन गर्दछ । मृगौला हामीलाई स्वास्थ जीवन प्रदान गर्न दिन या रात नभनि २४ सै घण्टा निरन्तर कार्य गरिरहने अंग हो । मृगौला हाम्रा लागि जति महत्वपूर्ण अंग हो तर त्यसलाई हामीले हेल्चेक्र्याई गर्ने गरेकोले गर्दा मृगौलाका रोगी दिनदिनै बढिरहेका छन् ।

यसले न त उमेरलाई ख्याल गरेको छ न त गरीब या धनी भनेर सम्पत्ति अनुसार छुट्याउने गरेको छ । मृगौला सम्बन्धी समस्या भएमा शुरुकै अवस्थामा थाह पाउन सके यसको उपचार गर्दा निको नहुने कुरै आउँदैन । थाह नपाएर अथवा जानकारी अभावमा मृगौलासँग सम्बन्धित रोगीहरुको संख्या दिन दिनै बढिरहेका छन् । केटा,केटी, अर्धवशैं तथा उमेर ढल्केकाहरु उत्तिकै पीडित रहेका छन् ।
यही विषयमा सतकर्ता र सजगता अपनाउन एक दिन भए पनि दिवसका रुपमा मृगौला बचाउने अभियानको थालनी गर्ने अवसर जुटेको छ । आज मृगौला दिवस मृगौला पीडितलाई हौसला दिन र नबिग्रिएका मृगौला भएकाहरुको अझ सुरक्षा उपायहरु अपनाउन चाल्नुपर्ने कदमहरु बारेमा जानकारी गराउने दिन हो । यो दिवसमा स्वास्थ्यसँग सम्बन्धित विभिन्न संघ–संस्थाहरु, हस्पिटलहरु क्लिनिकहरु र ल्याबहरुले विभिन्न छुट तथा निःशुल्क परामर्श कार्यक्रमहरु गर्दै रहेका छन् ।

सरकारले नै विग्रिएका मृगौला भएकाहरुलाई उपचार गरिदिने तथा डाइलासिस प्रविधिमा पुरै छुट दिने नीति नै अंगीकार गरि सकेको अवस्था छ । यस्तो अवस्थामा सबै मिलेर विग्रिए पछि खर्च हुनुभन्दा अगाडिनै विग्रन नदिन अपनाउनुपर्ने उपायहरु बारे जनचेतना जगाउनु पर्ने देखिन्छ ।

कम्तीमा बर्ष २ पटक आफ्नो मृगौलाको अवस्था बारे सय रुपैयाँ तिरे रगतमा क्रेटिनियानिन कति छ र पिसाबमा के कस्ता पदार्थहरु छन् जानकारी लिन सकिन्छ । मृगौलाले शरीरको रगतमा अम्ल र क्षरको मात्र सन्तुिलत राख्ने, शरीरको रक्तचाप सन्तुलित र नियन्त्रण गर्ने, शरीरमा काम नलाग्ने औषधि तथा किटाणुहरुका विशाक्त पदार्थहरुलाई पिसाब मार्फत बाहिर निकाल्ने, भिटामिन डी को शोषणमा सहयोग तथा इलेक्ट्रोलाइटलाई सन्तुलित राख्न सहयोग गर्दछ ।

यदि यी कार्यहरुमा व्यवधान वा असन्तुलन आएको खण्डमा अथवा यी कार्यहरु गर्न असक्षम भएको खण्डमा मृगौलामा समस्या आएको भनेर हामी भन्न सक्दछौं । यदि हाम्रो शरीरमा असहज महशुस हुँदै निम्न अनुसारका लक्षणहरु देखा परेमा मृगौलामा समस्या आयो भनी अनुमान गर्न सकिन्छ ।
– दैनिक हुने पिसाबको मात्रामा कमी हुनु साथै थोरै थोरै पिसाब धेरै पटक लाग्ने ।
– – पिसाब गर्दा पिसाब नली पोल्ने वा पिसाव पोल्नु
– ढाड तथा कम्मर दुख्ने हुनु
– नली खुट्टा सुन्निने हुनु तथा औलाले थिचेर छाड्दा गाडिएको पाउनु
– हात, गोडा तथा जोर्र्नीहरु गल्ने तथा दुख्ने हुनु
– शरीर कमजोर हुनु ÷ थकान लाग्नु
– खानामा अरुची हुनु
– ज्वरो आउनु इत्यादि ।
यसरी यी माथिका लक्षणहरु देखा परेमा मृगौलामा समस्या पो आयो किन भनेर हामी थोरै खर्चमा नै परीक्षण गर्न सक्दछौं । या सम्बन्धित विशेषज्ञको परामर्शमा जान सक्दछौं । मृगौलाको कार्यका विषयमा व्याख्या गर्दा गर्दै यसको प्रसंग विश्व मृगौला दिवस २०१७ सँग जोडौं । यो दिवस मार्च महिनाको ९ तारिखमा मनाउने गरिन्छ ।
के तपाईको मृगौला ठिक छ ? भन्ने प्रश्न सहित सर्वप्रथम २००६ बाट शुरु भएका पहिलो मृगौला दिवसले यसपटक भने मोटोपना र मृगौलाको रोगबीच घनिष्ट सम्बन्ध रहेको तथ्यलाई उजागर गर्दैछ । खानपानमा नियन्त्रण र सक्रिय जिवनशैली नै मृगौला बचाउने मृख्य आधार हो भनेर विज्ञहरु बताउने गर्दछन् । निम्न उपायहरुको अवलम्बनले मृगौलाको समस्या आउनबाट बच्न सकिन्छ भन्ने विशेषज्ञहरुको भनाइ छ ।
– नियमित चिनी जाँच तथा रगतमा चिनिको मात्रा नियन्त्रण गर्ने किनकि चिनी रोगीहरुमा ५० प्रतिशत भन्दा बढी मृगौला फेलियर हुने सम्भावना हुन्छ ।
–मोटोपन नियन्त्रण, सन्तुलित र सक्रिय जीवनशैली अपनाउनु अर्को मृगौला बचाउने उपाय हो ।
–शरीरमा पानीको मात्र सन्तुलित राख्नु तथा आवश्यकता अनुसार –पानी पिउने मृगौलालाई सुरक्षा गर्न अर्कोमा उपायमा पदर्छ ।
–धुम्रपान, मध्यपान तथा खैनीसूर्ती त्याग्नु पनि मृगौला बचाउनु नै हो ।
–अत्यधिक औषधिको प्रयोग तथा दीर्घरोगीहरुमा मुखबाट प्रयोग हुने औषधिहरु नियन्त्रण गर्नु मृगौला बचाउन अर्को उपाय हो । भनिन्छ रोग लागेर उपचार गर्नु भन्दा रोग लाग्न नदिनु नै बुद्धिमानी हो त्यसैले तपाईले पनि आफ्नो मृगौला कस्तो छ भनेर एक पटक जाँच गर्ने की ? मृगौला के हो भनेर थाहै नभएको समुदायलाई एक शिक्षित र सभ्य नागरिकको हैसियतमा यहि मृगौला दिवसको अवसर पारेर बुझाई दिने की ?
[email protected]

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 667

प्रतिक्रिया (०)

सम्बन्धित खबर